सबैका प्रिय मथुरा प्रसाद श्रेष्ठ !

डा. लोकराज पराजुली

मानिसहरु जन्मन्छन् जीवन लिला चल्छ समयको गति सँगै एकदिन मृत्युवरण गर्दछन् । जीवन जीवन जस्तै जीउने कलाका धनी मथुरा प्रसाद श्रेष्ठ अन स्मृतिका तरेलीमा श्रेद्घेय रहनेगरी स्वर्गमा वास सर्नुभएको छ ।

२०५२ साल सांस्कृतिक संस्थानमा मैथली सांस्कृति प्रतिष्ठानका कलाकारसंग राष्ट्रिय नाँचघर जमलमा ।

विक्रम सम्वत २००२साल जेष्ठ ६गते प्रकृतिले प्राणिको पालन पोषण पुग्ने प्रशस्त पाहुर पोखेको सुन्दर प्युठान खलङ्गामा जन्मनु भएको थियो । शालिन, भय सहृदयी, मृदुभाषि ,कलाप्रेमी व्यक्तित्व सँग कहिल्यै नविर्सने दुर्ई “क” कर्मचारी र कलाकारको रुपमा २७ वर्ष पहिले चिनजान भयो। निरन्तर रही रहयो उमेरले पनि आदरणिय कलाकौशलले पनि अग्रज “गरु” मथुरा सर अचानक २०७७ साल कार्तिक ६ गते भौतिक शरीर पञ्चतत्वलाई प्रदान गर्नु भएको खवर म मलामीकै स्थानमा वसेर हेरी रहे । समय हेर्ने मन लागेन शरीर र दाउरा मा दन्किएको अग्निज्वाला केही क्षेण पछि पन्चतत्व वाट वनेको शरीर पन्छतत्व मै कसरी हेरेको हेरेई…..लिन(विलिन हुँदो रहेछ । नाटकका धेरै पर्दा वन्द हुन्थे र खुल्थे । भने नखुल्ने गरी वन्द भयो ।

भारी शरीर वोकेर शँखेपीपल घार पुगेका मथुरा सरका पुत्र द्वय दिलिपमान श्रेष्ठ र विमलमान श्रेष्ठ सँगै सवै मलामी तनको भारी लाई मनमा वोकेर फकिर्यौ सत्य हो । मन अझ श्री को स्थानमा स्वः लेख्न मानिरहेको छैन । र पनि लेख्दै छु थोरै व्यक्तिहरु मरेर पनि मदैन्न्(अव“ मथुरा प्रसाद श्रेष्ठ”नाम लोक संस्कृति, कला,(कलाकार, साहित्यकारको रुपमा अमर रहने छ ।

मथुरा सरकार पुत्रद्वयले आमा मेनका देवी श्रेष्ठज्यू संग सल्लाहगरी बुहारी शैलजा श्रेष्ठ, पुर्ण श्रेष्ठ (सेन), नातिनी नाति छोरीज्याईहरुसंग सल्लाह गरेर मथुरा प्रसाद श्रेष्ठ स्मृति गन्थ्र, स्मृति प्रतिष्ठान र पुरस्कारको समेत सोच रहेको कुराको शुरुवात मसंग गरिरहँदा ईष्टमित्र आई रहेकोले थप कुरा हुन पाएको छैन । असल सन्तानले मथुरा प्रसाद श्रेष्ठलाई सबैको र सधैको स्मृतिमा राख्नेछन्, राख्ने छौं ।

२०५२ सालको हरिवंश–मदनकृष्ण–सन्तोष पन्तसंग, घोराही गणेशहलमा

प्यूठान देखि दाङ देउखुरी लालमटिया बसाईसराईसँगै औलो उन्मुलनको क्षेत्रमा स्वास्थ्य कार्यकर्ता (कर्मचारी) को रुपमा कलाकारिता ओझेल परेतापनि कला संस्कृतिको उज्यालो विउ कहिल्यै निभ्न दिनु भएन ।

२०२८ सालमा प्यूठानको माडि खोले भाका ‘ल्वाङको फुल’ रेडियो नेपालमा गाउँदा नारायण गोपाललगायतका चर्चित गायकहरुले ताली बजाएर धाप मारेको मिठो सम्झनासँग उक्त गीत नविकरण पुनः स्वराङ्कन र अभिलेखीकरण हुन नसकेको तितो यथार्थ सुनाउनुहुन्थ्यो । कर्मचारी रहँदा जहाँ जहाँ पुग्नु भयो त्यहाँ त्यहाँ (नेपालका विभिन्न भागमा) कर्मचारी मात्र नभएर कलाकारको अमिट छाप छोड्नुभएको छ ।

‘दंगाली राजा’ नाटकका क्रममा प्रज्ञा प्रतिष्ठानमा २०५७ साल

मेरो प्रत्यक्ष केही सम्झना !
१. २०५२ साल सांस्कृतिक संस्थान काठमाण्डौंमा राष्टूव्यापी सांस्कृतिक महोत्सवमा राप्ती अञ्चलबाट छनोट भई उत्कृष्ट प्रदर्शन (गायन) ।
२. २०५३ प्यूठानमा तीनदिन सांस्कृतिक कार्यक्रम विजुवार तथा खलंगा मा.वि.मा ।
३. २०५७ सालमा राष्ट्रिय नाटक महोत्सवमा उत्कृष्ट नाटक (थारु राजा दंगीको भूमिकामा)
४. चलचित्र ‘एकता’मा चरित्र अभिनेता ।
५. चलचित्र ‘इच्छा’मा चरित्र (न्यायाधिश) भूमिका ।
६. टेली चलचित्र ‘गाउँकी छोरी’ मा चरित्र मन्त्रीको भूमिका ।
७. सम्मान पत्र, प्रशंसा पत्र, अभिनन्दन पत्र । बाकस र भित्ता भरी छुन् (प्रतिष्ठानको स्थापना पश्चात) प्रतिष्ठानमा प्रतिष्ठा थप्नेछन् ।
८. हातेमालो वचत तथा ऋण सहकारी संस्थाको संस्थापक अध्यक्ष (२०६६÷०६७), हाल वरिष्ठ सल्लाहकार
९. ईश्वरीय विश्वविद्यालय दाङ, संस्थापक सदस्य ।
१०. नेवार सेवा समिति, दाङ, सल्लाहकार ।
११. सिस्नोपानी नेपाल दाङ शाखा, सल्लाहकार ।
१२. राप्ती साहित्य परिषद दाङ, आजीवन सदस्य
१३. १ दर्जन वढी गीत रेकर्ड, २०० बढी गीत संकलन, रचना, भजन गायन, नेवारी गीत, राष्ट्रिय गीत
अन्तमा !

अन्तिम श्रद्धाञ्जली दिदैं घरपरिवार, आफन्तजन, इष्टमित्र तथा शुभेच्छुकहरु

उहाँको नाममा (गीत) मेरो शब्द पुष्प श्रद्धाञ्जली
यो जिन्दगी के छ र साथी हो ।
मरे माटो, या धुवा माथि हो ।।

नाम बाँच्छ, शरिर त मर्ने हो ।
बाचुन्जेल बाँच्ने काम गर्ने हो ।।
यो जिन्दगी……………….।।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *