पत्नी वियोगमा रहनुभएका महरालाई राष्ट्रपति सहित शीर्ष नेतृत्वबाट समवेदना

गणतन्त्र समाचारदाता

घोराही, २० कार्तिक । पत्नी वियोगमा रहनुभएका पूर्वसभामुख कृष्णबहादुर महरालाई राष्ट्रपति विद्यादेवी भण्डारी सहित शीर्ष नेतृत्वले समवेदना प्रकट गर्नुभएको छ ।

विभिन्न शीर्ष नेताहरुले महरालाई टेलिफोन गरी समवेदना व्यक्त गर्नुभएको हो । महरा पत्नी सीताको कार्तिक १९ गते ५९ वर्षको उमेरमा निधन भएको थियो । सीता १० वर्षे जनयुद्धमा महरासँगै भूमिगत हुनुभएको थियो ।

महरालाई राष्ट्रपति विद्या भण्डारी सहित उप–राष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समवेदना गर्नुभएको थियो । प्रचण्ड समवेदना प्रकट गर्न काठमाण्डौं स्थिति महरा निवासमा समेत पुग्नुभएको थियो ।

पूर्वसभामुख कृष्णबहादुर महरा परिवार अहिले छोरा निर्मल महरा ‘एटम’ को दाङ घोराही स्थिति घरमा आउनुभएका छ । महरालाई पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा. वावुराम भट्टराईले समवेदान प्रकट गर्नुभएको छ ।

त्यसैगरी विद्रोही शक्ति नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले महरालाई समवेदना व्यक्त गर्नुभएको छ । महरा विप्लवका विद्यार्थी जीवनका शैक्षिक एवम् राजनीतिक गुरु समेत रहनुभएको छ ।

त्यसैगरी नेता मोहन वैद्य किरणले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँलाई पूर्व राजा ज्ञानेन्द्र शाहले निजी सचिव मार्फत समवेदना सन्देश पठाउनुभएको छ । त्यसैगरी महरा पत्नी सीताको निधन प्रति चीनिया कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखले समेत दुःख व्यक्त गर्नुभएको छ ।
त्यसैगरी सभामुख अग्नि सापकोटाले विज्ञप्ती निकालेर महरा प्रत्नी सीताको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । त्यसैगरी नेकपाका सबै सचिवालय सदस्यहरुले टेलिफोन गरेर महरा परिवारलाई समवेदना व्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका शेखर कोइराला, कृष्ण सिटौला लगायत शीर्ष नेताहरुले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गर्नुभएको छ । नेकपाका लुम्बिनी प्रदेश इञ्चार्ज एवम् मुख्यमन्त्री शंकरा पोख्रेल, आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी सोनाम, प्रदेश सभामुख पूर्ण घर्ति लगायतका नेताहरुले टेलिफोन गरेर महरालाई समवेदना व्यक्त गर्नुभएको छ ।

बिहिवार विहान ३ बजे महरा परिवार काठमाण्डौंमा दाङ आइपुगको छ । बिहिवार विहानै देखि महरा परिवारलाई समवेदना प्रकट गर्न दाङ स्थित उच्च पदस्थ सरकारी अधिकारीहरु, राजनीतिक दलका नेता कार्यकर्ता, जनप्रतिनिधि एवम् जनताहरुको घुइचो लागेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *