सञ्चारकर्मी नेपालीलाई आर्थिक सहयोग प्रदान

गणतन्त्र समाचारदाता

घोराही, २४ कार्तिक । मृगौला रोगबाट पीडित हुनुभएका सञ्चारकर्मी वलविर नेपालीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले नेपालीले उपचार गरिरहेको गोरखा पब्लिक हस्पिटल घोराहीमा पुगेर सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष प्रियासनले सञ्चारकर्मीको उपचारको व्यवस्था गरेर जीवन रक्षा गरिदिन सबैमा आग्रह गर्नुभएको छ । उहाँले आर्थिक अवस्था कमजोर भएका सञ्चारकर्मीहरुको उपचारको व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो ।

‘मुलुकका लागि दिनरात नभनेर खट्ने सञ्चारकर्मीहरुको जीवन रक्षा गर्नु सरकारको दायित्व हो,’ प्रियासनले भन्नुभयो, ‘निशुल्क उपचारको व्यवस्था गरेर सञ्चारकर्मी नेपालीको जीवन रक्षा गरिदिन म हार्दिक अनुरोध गर्दछु ।’

साथै प्रियासनले अस्पतालका प्रशासक दिनेश आचार्यलाई भेटी नेपालीको उपचारमा केही सहुलियत प्रदान गर्न आग्रह गर्नुभयो । आचार्यले अस्पतालकोतर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सहयोग रकम प्राप्त गरेपछि प्रतिकृया दिदै नेपालीले अध्यक्ष प्रियासनलाई धन्यवादन ज्ञापन गर्नुभयो । उहाँले आफ्नो आर्थिक अवस्था कमजोर भएको र उपचार खर्च निकै महंगो भएकाले समस्या परेको जानकारी दिनुभयो । नेपालीले आफ्नो जीवन रक्षा गरिदिन सबैमा आग्रह समेत गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *