पशुपालनलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड

गणतन्त्र समाचारदाता

घोराही, २५ कार्तिक । भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले स्थानीय तहका प्रतिनिधिहरुसँग अन्रक्रिया गोष्ठी गरेको छ ।
अन्र्तक्रियामा जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमको वारेमा छलफल गरिएको थियो । कार्यक्रममा सहभागिहरुले पशुपालनलाई व्यवसायीकरण गर्न सकेको खण्डमा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले पशुपालनलाई व्यवसायीकरण गर्नका लागि राज्यले युवाहरुलाई तालिम प्रदान गर्नुपर्ने बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कार्यालयले प्रदान गर्ने सबै सेवा सुविधाको वारेमा किसानहरुलाई जानकारी दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले पछिल्लो समय राज्यले कृषि क्षेत्रको विकासमा ध्यान दिएकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रमहरुको प्रभावकारिता बारे नियामक निकायहरुले ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यालयका प्रमुख डा. वेदबहादेर केसीले आँफूहरुले स्थानीय तहहरुसँग समन्वय गरेर काम गर्ने जानकारी दिनुभयो ।
महेन्द्रप्रसाद यादवको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण भरत देवकोटाले गर्नुभएको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *