बान्ता गर्ने क्रममा बसबाट खसेर एक जनाको मृत्यु

दाङ, ३ मंसिर (गस) । सल्यानमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नम्बर ११ बाफुखोलाका २१ वर्षिय एकराज खड्काको बसबाट खसेर मृत्यु भएको हो ।

सल्यानबाट दाङतर्फ आउँदै गरेको ना ५ ख १००१ बसमा सवार खड्का खरिबोट नजिकै बान्ता गर्ने क्रममा बसबाट खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बसबाट खसेर गम्भिर घाइते खड्काको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरिक्षक श्यामप्रसाद यादवले जानकारी दिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *