धारापानी जोड्ने पुलको ७० प्रतिशत काम सम्पन्न

गणतन्त्र समाचारदाता

दाङ, ५, मंसिर । पाण्डवेश्वर महादेव धाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुलको ७० प्रतिशत काम सम्पन्न भएको छ ।

घोराही उपमहानगरपालिका वडा नंम्वर ५ मा धारापानीमा पर्ने बबई खोलामा निर्माणाधिन पुलको ७० प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

२०७४ साल असार २८ गते १३ करोड ३१ लाखमा सम्झौता भएको पुलको काम अहिले ७० प्रतिशत सम्पन्न भएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर अमिर सुवेदी जानकारी दिनुभयो ।

पुलको सव स्टकचरको काम सम्पन्न भएको भैसकेको र सुपर स्टकचरको काम बाकी रहेको उहाँले बताउनु भयो । पुल निर्माणको सम्झौता भएको ४० महिना बिती सक्दा भने वित्तिय प्रगती ६७ दशमवल ३० प्रतिशत र भौतिक प्रगती ७० प्रतिशत भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

दिवा यति विल्डर जेवी सातबाटो ललितपुरले निर्माणको जिम्मा भएको हो भने निर्माण अवधि २०७७ चैत महिनाको अन्तिम सम्म रहेको छ ।

भ्याटसहित १३ करोड ३१ लाखमा निर्माणको जिम्मा पाएको निर्मार्ण कम्पनीले अहिले सम्म ९ करोड १२ हजार रुपैया भ्याट सहित भुक्तानी लिईसकेको छ भने अव ४ करोड ३० लाख ८८ हजार रुपैया भुक्तानी लिन बाकी रहेको छ । सुपर स्टकचरको ३ वटा स्पानमध्ये २ वटा सम्पन्न भैरसकेको र अव एउटा स्पानको सल्याव ढलान गर्न बाकी रहेको सडक डिभिजन कार्यालय दाङका ईन्जिनियर सुवेदी जानकारी दिनुभयो ।

पुलको तल्लो भागको काम सबै सकिएको र मिथिको भागको मात्रै काम गर्न बाकी रहेकाले निर्माण कम्पनीले निर्माण अवधिमै काम सक्नेमा आफुहरु विश्वस्त रहेको उहाले बताउनु भयो । केही समय देखि काम स्थगित भए पनि छपपर्व सकिए लगतै पुनः निर्माण कम्पनीले काम सुरु गर्ने उहाले बताउनु भयो ।

अर्काेतर्फ पुल निर्माण भएसँगै त्यहाँका स्थानियसँगै दर्शन गर्न आउने दर्शनार्थि तथा पर्यटकलाई सहज हुने देखिएको छ । विश्वकै ठुलो त्रिशुल रहेको पाण्डवेश्वर महादेव धाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्रमा पुल निर्माण्नले टेवा पुराउने देखिएको छ ।

बर्षाको समयमा बबई खोलमा आउने भेलले एक खालको सास्ति दर्शनार्थिलाई हुने गरेको थियो पुन निर्माण भएसँगै यो सास्ति अन्त्य हुने देखिएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *