कुलोले मुहार फेरेको ‘खबरीनाका’

शिवु खनाल

खबरीनाका, ५ मंसिर । खबरीनाका गाउँ देखि करिब दुई किलोमिटर टाढाबाट गाउँमा कुलो ल्याइएको छ । गाउँका स्थानिय स्वर्गीय इन्द्रबहादुरबुढा मगरको अध्यक्षतामा २०४६ सालमा खबरीगाउँमा खबरी सिचाँइ कुलो ल्याइएको हो ।

गाउका स्थानीयलाई पचाँस कुण्टल अन्नपात दिइ ज्यालादारीमा उक्त कुलो गाउँमा ल्याएको स्थानिय चन्द्रबहादुर बुढाले जानकारी दिनुभयो । अहिले वडाको छ लाख बजेटमा उक्त खबरी सिचाँइ कुलोको नहर मर्मत गरिएको हो ।

सत्ताइस घरधुरी संख्या यहि कुलोमा आर्षित रहेको छ । उक्त खबरी सिचाँइ कुलोबाट गाउँमा गहुँ, धान, अढहर, तोरि, मकै, मसुरो, चना, मटर खेति हुन्छ । ‘अन्नबाली किन्नु पर्दैन । लकडाउनमा हामीलाई खाद्यान्नको अभाव भएन ।

गाउँमा राम्रो सिचाँइको सुविधा भएको कारण अन्य नाकाको तुलनामा भन्दा यस खबरी नाकामा राम्रो अन्नबालीहरू उब्जनि गरिएको हो, गढवा गाउँपालिका वडा नम्बर ८ खबरी नाका निवासी चन्द्रबहादुर बुढाले भन्नुभयो,–। ‘यहि कुलोले गाउँमा अन्नपात उब्जाएका छाँै ।

यो कुलो हुन्थेन भने गाउँ वस्ति उठ्ने सम्भावना थियोे तर, यहि कुलोले गाउँलाई संरक्षण गरेको छ । गाउँका दुईसय जनसंख्या यहि कुलोको पानी पिउछौ ।’

यस्तै स्थानीय नरधोज बुढा मगरका अनुसार खबरी कुलो सिचाँइबाट यहाँका स्थानीयले कृषि पेशाबाट जिविकोपार्जन गर्दै आएको जानकारी दिनुभयो । यता कुलो विस्तार गर्नेको लागि प्रदेश सरकारबाट पन्ूलाख बजेट विनियोजित भएको छ ।

खबरी सिचाँइ कुलो विस्तारको लागि वडाध्यक्षको सद्दाम सिद्दिकिको पहलमा प्रदेश सरकारबाट पन्ध्रलाख बजेट विनियोजित भएको हो । खबरीनाकामा कुलो विस्तार पश्चात् खबरीनाकाको पानी कोइलाबास नाका सम्म पु¥याउने सकिने वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो ।

कुटनिपिसानिको लागि भारत जानुपर्ने बाध्यता
आफ्नै नेपाली भुमिमा जाने बाटो नहुदा कुटनिपिसानीको लागि भारतको बालापुर भन्ने बजारमा जान बाध्य भएको स्थानीय खबरी नाकाबासीहरूले गुनासो सुनाउनुभयो । खबरी नाकाबाट दशकिलोमिटर वनकोबाटो हुदै पैदल हिडेर कुटनिपिसानिको लागि भारतको बालापुर बजार जानुपर्ने बाध्यता रहेको स्थानीय मनमाया गुरूङले बताउँछिन् ।

‘वर्षायाममा झरेको हिलो, नालाहरू र खहरे खोलाहरू निकै बढेको हुन्छ । जस्ले गर्दा बालापुर जान पनि समस्या हुन्छ । खोलाले छेक्यो भने घरमा रहेके चाकिमा पिस्ने गर्छौं, त्यो चनि भएन भने घरमा मकैका फुला भुटेर खाने गरेका छौँ । अन्य विकल्प छैन ।’

गाउँमै सानो सानो टुकटुके मिल भएको भए हामीलाई भारत जानुपर्ने बाध्यता अन्त्य हुने गुरूङको भनाइ छ । यता कुटनिपिसानीको लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले जानकारी दिनुभयो ।

यो आर्थिक वर्षमा वडाको एकलाख बजेटमा गाउँमै सानोसानो टुकटुके मिलको स्थापना गरि कुटनिपिसानीको लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको छ, वडाध्क्ष सिद्दिकिले भन्नुभयो,–। ‘गाउँमा विद्युत् विस्तारको काम तिब्र गतिमा भइरहेको छ । अवको एक महिनामा गाउँमा विजुली पुग्छ । विद्युत् विस्तार भएपछि गाउँमै टुकटुके मिल स्थापना गर्छाैँ ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *