तुलसीपुरमा थप १३ जनामा कोरोना

तुलसीपुर, ६ मंसिर । तुलसीपुरमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

थप संक्रमण पुष्टि हुनेमा तुलसीपुर–५ का ३ जना, वडा नम्वर ६ का ४ जना, वडा नम्वर १२, १५, १८ र १९ का १÷१ जना र वडा नम्वर १७ का दुई जना रहेका छन् ।

 

योसंगै तुलसीपुरमा कुल कोरोना संक्रमितको संख्या ६९२ पुगेको छ । संक्रमित मध्ये १० जनाको मृत्यु भइसकेको छ भने ४७८ जना संक्रमण मुक्त भइसकेका छन् । तुलसीपुरमा कोरोना सक्रिय संक्रमितको संख्या २०७ जना रहेको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *