दाङमा डा. निगाता जिताऔं अभियान गठन

गणतन्त्र समाचारदाता
घोराही, ९ मंसिर । दाङ जिल्लाबाट प्रतिनिधित्व गर्दै मिस नेपाल २०२० को फाइलनमा पुग्नुभएकी घोराही उपमहानगरपालिका वडा नं १५ कि डा. निगाता केसीलाई जिताउन अभियान शुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको संयोजकत्वमा यस क्षेत्रका सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तित्वहरु रहने गरी डा. निगाता केसी जिताऔं अभियान शुरु गरिएको हो ।
अभियानको सदस्यहरुमा शरद रेग्मी, आरके शितल, दशरथ घिमिरे, शिुव खनाल, दीपक बोहोरा, लिलाधर वली, निशानदाजु भट्टराई, यमकला भुसाल, ऋचा बुढाथोकी, सन्तोष डाँगी, सपना बोहोरा, विमला घर्ती, दीपक जिएम, आभाष बुढाथोकी, चन्द्रप्रकाश नेपाली, बसन्ता खड्का लगायत रहनुभएको छ । अभियानको प्रचार संयोजकमा पाण्डव शर्मा रहनुभएको छ ।
द हिडन ट्रेजर काठमाण्डौंमा आयोजनमा सञ्चालन भएको मिस नेपाल २०२० को फाइनलमा पुग्नुभएकी निगातालाई जिताउन अभियान शुरु गरिएको चलचित्र निर्देशक एवम् नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल बुढाथोकीले जानकारी दिनुभयो । उहाँलाई विजयी गराउनका लागि भोटिङ खुला भएको छ ।
आइएमइ पे एपबाट निगातालाई भोट गर्न सकिने छ । त्यसका लागि कुनै पनि मोवाइल प्रयोगकर्ताले प्ले स्टोरमा गएर आइएमइ पे एप डाउनलोड गर्नुपर्ने छ । त्यसपछि एप ओपन गरी प्रतिष्पर्धी नं ७ कि निगातालाई भोट गर्नुपर्ने छ । अभियानका संयोजक प्रियासनले यस क्षेत्रकै सान र इज्जतका लागि निागाता लाई भोट गर्न सबैमा अपिल गर्नुभएको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *