कोइलाबास नाका खुला गर्न स्थानीयको माग

शिवु खनाल
कोइलाबास, १० मंसिर । दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासका स्थानियहरुले नेपाल भारत सीमा नाका खुला गर्न माग गरेको छन् । कोराना भाइरस कोभिड १९ को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि नेपाल सरकारले चैत ११ देखि अन्तराष्टिूय सीमा नाका बन्द गरेको हो ।

जस अन्तरगत दाङको भारतसंग जोडिएको कोइलाबास नाका पनि पूर्णरुपमा बन्द रहेको छ । (कोभिड १९) का कारण लगातार आठ महिना लामो सम्म बन्द रहेको भारतसँग जोडिएका कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन माग गरेका छन् ।

स्थानिय रोजगार पूर्णरुपमा ठप्प छ । जस्ले गर्दा न्यून र मध्यम वर्गले धेरै समस्या खेप्नु परेको छ, गढवा गाउँपालिका वडा नम्बर ८ का निवासी खालिक सिद्दिकिले भन्नुभयो,– ‘सिमाक्षेत्र लामो समयसम्म पूर्णरुपमा शिल हुदा कोइलाबासका स्थानियहरुको जन जिवनमा नकारात्मक असर पुगेको छ ।

कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन आवश्यक छ ।’ ‘लामो समय सम्म कोइलाबास नाका बन्द हुँदा जीवन थप कष्टकर बनेको भन्दै कोइलाबास नाका खुला गरि व्यवस्थित र सहज बनाउनपर्छ ।’

एक पोका नुन लिन गढवा बजार जानुपर्ने बाध्यता रहेको छ । सवारी साधान हुने त गढवा बजार पुग्छन् । नहुने बसको प्रतिक्षामा बस्ने हो, सिद्दिकिले भन्नुभयो,– ‘तुलसिपुरबाट विहान आठ बजे कोइलाबास हिडकेको बस एघार बजे लमही आइपुग्छ र लमही देखि दिउँसो दुईबजे कोइलाबास पुग्छ । अर्को दिन विहान एघार बजे रासनपानी लिन गढवा बजार पुग्यो तर सोही दिन कतैबाट कोइलाबास फर्कने सवारी साधान हुदैँन ।’ ‘जस्ले गर्दा सामाग्री खरिद गरेर एक रात होटलमा बस्नुपर्ने बाध्यता रहेको छ । अर्को दिन बस आयो भने बल्ल कोइलाबास जाने हो । नाका बन्दा हुदा दोब्बर खर्च गरेर रासनपानी खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।’

यता सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेलले आफुहरुलाई डिउटीमा कुनै पनि समस्या नरहेको र भारतको बालापुरमा आर्षित हुनु भएको कोइलाबासका स्थानियलाई कोइलाबास नाका बन्दका कारण स्थानियले निकै पिडा खेप्नु परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,– दिनमा छ देखि आठ जनाले कोइलाबास नाका कहिले खुल्छ, लौन सर नाका खोलीदिन पहल गरिदिनु प¥यो भनेर दिनहुँ दुखेसो पोख्न आउँने गर्नुहुन्छ । सम्झाइ बुझाइ पठाउने गरेको छु ।’
यस्तै गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले कोइलाबास नाका खुला गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मुख्यमन्त्री पोख्रेल अनुगमनको क्रममा कोइलाबास नाका स्थलगत अनुगमन तथा निरिक्षणको बेला आउनु भएको क्रममा नाका व्यवस्थित र सहज तरिकाले खुला गर्न ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
यता दाङ जिल्ला प्रमुख अधिकारी जयनारायण आचार्यले मंसिर तिसगते मात्रै सिमा क्षेत्र खुल्न

सक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,– ‘कोरोना भाइरस कोभिड १९ का कारण नेपाल सरकारले नै बन्द गरेको हो । नाका खोल्ने निर्णण सरकारले नै गर्छ । अहिले सम्म कोइलाबास नाका खोल्ने सम्बन्धमा केही त्यस्तो पत्र आएको छैन ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *