तुलसीपुरमा भेन्टिलेटर सहितको आइसियु भवन

गणतन्त्र समाचारदाता
दाङ, १० मंसिर । तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु भवन निर्माणको काम सुरु भएको छ । राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणको काम अगाडी वढाइएको हो । सकभर वैशाख भित्र नै सेवा शुरु गरिने अस्पतालले जनाएको छ ।

योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार उपमहानगरपालिकाले भवन निर्माणका लागि ३५ लाख ६२ हजारको टेण्डर प्रक्रिया अगाडी वढाएको छ । उपमहानगरपालिकाले भवन निर्माण गरिदिने र प्रदेश सरकारकाले उपकरण सहयोग गरेपछि सेवा सूचारु हुने अस्पताल विकास समितीका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

तुलसीपुरमा आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै विरामीहरु रिफर हुने गरेका छन् । तत्काल आइसियु सेवा सञ्चालन होस् भन्नका लागि नगरस्तरीय बजेटबाट भवन निर्माणको काम अगाडी वढाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले अस्पतालको सेवा सुधारका लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार तत्पर भएको वताए । तुलसीपुरलाई स्वास्थ्य सेवाको केन्द्र वनाउनका लागि आफुहरु निरन्तर लागेको पनि उनको भनाई छ ।यसैबीच तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पतालका विचमा भवन निर्माणको सम्झौता भएको छ ।

अस्पतालका प्रमुख डा. सर्वेष शर्माले प्रादेशिक अस्पतालमा राप्ती अञ्चलमै पहिलो पटक सञ्चालन हुने जानकारी दिए। उनका अनुसार भेन्टिलेटर सहितको सेवा शुरु भएमा गम्भिर प्रकृतिका विरामीको उपचार गर्न निकै सहज हुने छ । दुर्घटनाबाट गम्भीर घाइते भएका, पोइजन भएर गम्भीर भएका लगायत अन्य विरामीलाई सहयोग पुग्ने शर्माको भनाई छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *