चुर्लुम्मै डुबे सिनेमा हल बन्द भएका हलहरु खुल्ने अझै अनिश्चित

दीपक जीएम
घोराही, ११मंसिर । कोरोना भाईरसको महामारी भित्रिएसँगै सबैभन्दा पहिला बन्द गरिएका सिनेमा हलहरु ९ महिना बितीसक्दा पनि नखुल्दा भने मारमा परेका छन् । अहिले होटल ब्यवसाय, सार्वजनिक यातायात, विद्यालय लगाएतका क्षेत्र सञ्चालनमा आउदा पनि सिनेमा हल सरकारले अझै खोल्न नदिनु दुःखको विषय भएको सिनेमा सञ्चालकहरु बताउछन् ।

दाङको घोराहीमा २ वर्ष पहिले ३ करोडको लगानीमा सञ्चालनमा आएको मनाकासी सिनेमा हलका सञ्चलक सुनिलराज भण्डारीले यो ९ महिनाको अवधिमा मनाकासीले लाखौँको घाटा बेहोर्नु परको बताउनुभयो । भण्डारीले भन्नुभयो, (‘अहिले सर्वजनिक यातायात कोचाकोच यात्रु सहित सञ्चालनमा आएका छन् भने अर्काेतर्फ विद्यालय भौतिक दुरी कायम गर्दे सञ्चालनमा आएका छन् ।

यो अवस्थामा सरकारले सिनेमा हल पनि भौतिक दुरी र स्वास्थ्य सजकता अपनाउदै खोल्ने वनाउन ध्यान दिन जरुरी छ । सिमान हाल बन्द हुदा यसमा आवद्ध धेरैले रोजगारी पनि गुमाएका छन् र सरकारलाई सिनेमा हलबाट उठ्ने राजस्व बन्द भएको छ, मनाकासी सिनेमा हलका सञ्चलक सुनिलराज भण्डारीले भन्नुभयो ।

एक सिट ग्याप राख्दै स्वास्थ्य सजकता अपनाउदै सिनेमा हल खेल्नतर्फ सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । मनाकासी १ सय ५० सिटको भए पनि १ सय ७५ अर्थात् आधा सिट क्षमतामा वर्तमान असहज अवस्थामा आफुहरु सिनेमा हल खोल्न तयार रहेको उहाँले बताउनु भयो ।

स्थापना भएको छोटो समय भएकाले पनि लकडाउनभन्दा अगाडी पनि आफुहरुले नाफा कमाउन नसकेको अवस्थामा भएको लामो बन्दाबन्दिका कारण आफुहरु निकै मारमा परेको उहाले बताउनु भयो । अर्काेतर्फ सिनेमा हलमा रोजगार गर्दै आएका कर्मचारीहरु रोजगार बिहिन भएका छन् ।

घोराहीको मानाकासी सिनेमा हलबाट मात्रै १२ जनाको रोजगार गुमेको छ । यस्तो सास्ति देशभरका सिनेमा हलमा संलग्न आवद्ध कर्मचारीको छ । धेरै सिनेमा हलमा भएको लगानी पनि ऋणमा भएकाले त्यसलाई डुब्न नदिनको लागी चलचित्र विकास बोर्डले पनि सिनेमा हल खोल्नु पर्ने धारणा राख्दै आएको को छ ।

लामो समय देखि सिनेमा हल बन्द हुदा घोराहीको मनाकासीसहित स्वर्गद्धारी, गणेश र निमाहल पनि मारमा परेका छन् । उता तुलसीपुरका दुबै हालको दुखेसो पनि यस्तै छ । त्यसैले सरकारले सिनेमा हलको सञ्चालनको लागी पनि कदम चाल्न जरुरी देखिन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *