विपद्को नीतिगत र कार्य योजनाको मस्यौदामा छलफल

गणतन्त्र समाचारदाता

बबई गाउपालिकामा बिपद जोखिम न्यूनीकरणको निति २०७७ र रणनितिक कार्या योजनाको नितिगत र कार्य योजनाका विषयमा छलफल गरिएको छ । बबई गाउपालिकाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको प्राबिधिक सहयोगमा बिपद जोखिम न्यूनीकरणको नीति २०७७ र रणनितिक कार्या योजनाको नितिगत र कार्य योजनाका विषयमा छलफल गरिएको हो

ईको एग्रोले बबई गाउपालिकाका सम्पुर्ण वडामा गरेको नितिगत र कार्य योजना सुझाब संकलनका आधारमा तयार गरेको मस्यौदामा छलफल भएको हो । पालिकास्तरमा बिपद ब्यबस्थापनका लागि २०२० देखि २०३० सम्मका लागि नितिगत र कार्य योजना तयार पारीएको हो ।

छलफलमा स्थानीय बिपद ब्यबस्थापन समितिका पदाधिकारी, सरोकारवाला निकाय सदस्य, नेपाल रेडक्रसका पदाधिकारी, कर्मचारीको सहभागीता रहेको थियो ।

छलफलमा अध्यक्ष भुबनेश्वर पौडेल, उपाध्यक्ष साबित्रा बिक, वडा अध्यक्ष नन्दलाल वलि, महाबिर चौधरी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, परियोजना ब्यबस्थापक कृष्ण बसौला, इको एग्रोका मरामर्सदाता चक्र बम, परियोजना संयोजक सन्तोस ढकालको सहभागीता रहेको थियो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *