दाङको कुमालगडीमा बस र मोटरसाइकल ठोक्किदा २ जना घाइते

 मंसीर १३। पश्चिम दाङको कुमालगडीमा बस र मोटरसाईकल ठोक्किदा २ जना घाइते एका छन् । घाइते मध्य एकको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

रोल्पाको त्रिवेणी गाउँपालिका–९ नुवागाउँ निबासी २३ बर्षका किरन पुन र सल्यानको सारदा नगरपालिका–९ मार्के निबासी २१ बर्षका लक्ष्मण बोहरा घाइते भएका छन् ।

घाइते मध्य मोटरसाईकल चालक पुनको अवस्था सिरियस रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको लु४१प २१३ नम्बरको मोटरसाईकल र पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा१ख २११० नम्बरको बस तुलसीपुर उपमहानगरपालिका–२ कुमालगडीमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटना बिहान साढे १० बजे भएको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *