अपांगता भएका व्यक्तिहरु दैनिक १२ सयदेखि १२ हजारसम्म आम्दानी गर्दै

दीपक जी.एम.

दाङ, १४ मंसिर । समाजमा अपाङ्गता भएका कयौ ब्यक्तिहरु मागेर दैनिकी चलाउदै आएका छन् भने कती भित्रबाहिर, शौच र खानपान समेत अर्कैले गराईदिनु पर्ने अवस्थामा छन् ।

त्यस्तै कयौ सपाङ्ग सरह किराना पसल, कटाई सिलाई पसल, अटो चलाउने जस्ता बिभिन्न पेशा र ब्यबसाय सञ्चालन गरी मनग्य आम्दानी गर्दै सफलताको कथा श्रृजना गर्न सफल भएका छन् ।अपांगता भएका ब्यक्तीहरुले केही गर्न सक्दैनन् भन्ने धेरैको बुझाई हुन्छ ।

तर उनिहरुले आफ्नो क्षमता प्रयोग गर्दै बिभिन्न पेशा र ब्यबसायमा आबद्ध भई राम्रो आम्दानी पनि गरिरहेका छन् ।घोराही उपमहानगरपालिका वडानम्बर १४ ट्राफिक पुलचोक निबासी खुसल नेपाली पनि एक हुन्  उनले आफ्नै घरमा एउटा सानो किरण पसल सञ्चालन गरी आफ्नो दैनिकी चलाउदै आएका छन् ।कामका लागी विदेश जान तयारी अवस्थामा रहेका खुसल नेपालीलाई एक्कासी प्यारालाइस भयो ।

उनि अपांगता भए पनि पछिल्लो समय आफ्नो दैनिकीलाई सहज बनाउदै अघि बढेका छन् । नेपालीले २०७४ साल असोज महिनामा रु २५ सय लगानी गरी घोराही १४ ट्राफिक पुलचोक टोलको आफ्नै घरमै सानो किराना पसल सुरु गरे ।

अहिले उनको पसलमा २० हजार बराबरको सामान रहेको छ । उक्तब्यबसायबाट दैनिक १२ देखि १५ सय सम्म आम्दानी गर्दै आएका छन् । ब्यबसायबाटै उनले छोरीको पढाई र घर खर्च चलाउदै आएका छन् ।

ब्यबसायले उनलाई ब्यस्थ बनाएको छ र सँगै यसैबाट उनलाई साचिकै धेरै फाईदा पुगेको छ । ब्यबसायले गर्दा नै उनले आफु अपाङ्ग छु भन्ने पनि भुलेका छनज् । उहाले ब्यबसाय गरिरहदा घर परिवारको पनि सहयोग मीलेको छ । श्रीमान्ले ब्यबसाय गरीरहदा उनकि श्रीमती बेलमति नेपाली खुशी रहको बताउछिन् ।

श्रीमान् अशक्त भए पनि उनले निरन्तर श्रीमान्लाई साथदिई रहिन भने कहिले कमजोर ठानिन् । सधै हौसला र उत्साह मिल्ने खालका कुराले श्रीमान्लाई खुशी पार्ने काम गरिन् ।

खुसल नेपाली जस्तै अर्का हुन् घोराही ४ सुन्पुर निबासि जंगबहादुर नेपाली । नेपालीले ३ बर्ष देखि अटो चलाउदै मनग्य आम्दानी गर्दै आएका छन् । यसले उनको जिबन सहज बनाउनुका साथै आर्थिक आम्दानी गर्ने र रोजगारीको पाटो पनि अटो बनेको छ । उनले अहिले पनि दैनिक कममा पनि चोख्खो हजार रुपैया बचाउदै आएका छन् । त्यो सबै पेशा र जागीर गर्नेको पनि नहुन सक्छ ।

त्यसैले उनि आफु पनि अटो चालक हुदा धेरै खुशि छन् । यस्तै अर्का एक सक्षम ब्यबसायी हुन । बिगत ५ बर्षदेखि घोराही १५ शान्तिसुधा रोडमा मनकामना ड्रेस हाउस सञ्चालन गर्दै आउनु भएका बिरबहादुर रेउले ।

उनले सिलाई पसलमार्फत् आफ्नो लागी मात्र होईन अन्य चार जनाको लागी समेत रोजगारी श्रृजना गर्न सफल भएका छन् । उक्त ब्यबसायबाट मासिक ३० देखि ३५ हजार रुपैया आम्दानी गर्दै आएका छन् ।
यस्तै अर्को एक उदाहरण हुन् हिरा यादव, उनले २०६५ सालबाट १५ सय लगानीमा घोराही १५ भरतपुर भिंग्रेली चोकनेर किराना र तरकारी पसल एउटैमा सुरु गरेकी हुन् ।

उनले अहिले दैनिक ९ देखि १२ हजार सम्मको समान बिक्री गर्दै आएकी छिन् । एक अपाङ्ग व्यक्ति उनि सबै कुराले सक्षम छिन्, उनी घर वरिपरि अहिले बैखाकीको साहरामा हिड्छीन भने टाढाको यात्राका लागी ४ पांग्रे स्कुटी पनि सहजै चलाउछिन् । उनले यसैबाट घर खर्च सहजै चलाउदै आएकी छिन् भने उनको श्रीमान्को कमाई चोख्खै बचत हुदै आएको छ ।

खुसल नेपाली, बिरबहादुर रेउले, जंगबहादुर नेपाली र हिरा यादबले मात्रा होईन अपाङ्ग हुदापनि राम्रै सफलता हासिल गर्न सफल धेरै हाम्रो समाजमा प्रसस्त भेटिन्छन् । सबैलाई उच्च सम्मान । यसबाट देशमा रोजगार पाईएन भन्नेहरुले रोजगार आफुले नै श्रृजनागर्नुपर्छ भन्ने सन्देश बुझ्न जरुरी देखिन्छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *