खानेपानीमा राज्यले लगानी थप गर्नुपर्ने

गणतन्त्र समाचारदाता

तुलसीपुर, १४ मंसीर । तुलसीपुर ४ मा रहेको खाद्रे खानेपानी उपभोक्ता तथा सरसफाई समितिको ११ औ बार्षिक साधारण सभा शनिवार खाद्रेमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष शोभाराम बुढाथोकीको अध्यक्षतामा भएको सभालाई सम्वोधन गदै वडा अध्यक्ष बालकृष्ण रानाले आफुहरुले वडामा आशालाग्दो विकास निर्माणको काम गरीरहेको बताएका छन् । उनले खानेपानीका लागि राज्यले थप लगानी गर्नुपर्ने धारणा व्यक्त गरे ।

वडाको सडक बाटो विस्तार, खानेपानी आयोजना, शिक्षा र स्वास्थ्य जस्ता महत्वपुर्ण विकास निर्माण गर्नुको साथै हरेक विकासको मास्टर प्लान बनाएको वडा अध्यक्ष रानाले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष रानाले सडक वर्ष अन्र्तगत चालु आर्थिक वर्षमा वडाका विभिन्न स्थानमा सडक कालोपत्रेको काम हुन लागेको बताएका छन् ।

चारबाटोचोक हुदै गहतेरा ,एक्लेसाल सम्म तिन किलोमिटर सडक कालापत्रे यो वर्ष हुने भएको छ ।
यस्तै गुरुजजुर माध्यामिक विद्यालय देखी पुव वडा कार्यालय सडक कालोपत्रे , शवदाह स्थल जाने गोठिखोला, थम्मनचौतारी देखी मावि खाद्रे स्कुलचोक र घोरानेटी देखी गहतेरा जाने सडक गरी पाँच किलोमिटर थप सडक कालोपत्रे हुने वडा अध्यक्ष रानाले बताएका छन् ।

यस्तै खानेपानी सन्जालका केन्द्रिय उपाध्यक्ष खेमराज वलीले हालको पानीको श्रोतले भोलीको दिनमा उपभोक्ताहरुलाई खानेपानीको आपुर्ति हुन नसक्ने बताएका छन् । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष समेत रहेका वलीले अहिलेको मुहानहरु समेत सुक्ने खतरा भएकाले अबको विकल्प ड्याम्पको अवधारणालाई अघि सार्नुपर्ने आबश्यकता रहेको बताएका छन् ।

सो अवसरमा बोल्ने अन्य बक्ताहरुले पानीको श्रोत बढाउनु पर्नेमा जोड दिएका छन् । दिनप्रतिदिन जनसंख्या बढ्दो क्रममा रहेको भन्दै उनीहरुले पानीको श्रोत बढाउनु पर्नेमा जोड दिएका छन् । साथै उनीहरुले आर्थिक पारदर्शितामा पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *