स्थानीयको पिडा बुझ्न सांसद चौधरी कोइलाबास नाकामा

शिवु खनाल
कोइलाबास, १५ मंसिर । कोइलाबास नाकाबन्दले जीवन कष्टकर बनेपछि प्रतिनिधिसभा सदस्य, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) का केन्द्रीय सदस्य मेटमणी चौधरीले स्थानियहरुको समस्याबुझ्न भारतसंग जोडिएको कोइलाबास नाकापुग्नु भएको छ ।

लामो समय सम्मनाकाबन्दले स्थानियहरुको जिवनयापनमाथप कठिनाइ भएपछि शनिबार भारतसंग जोडिएको दाङको कोइलाबास नाकाकापुगेर स्थानियहरुसंगको छलफल पछि स्थलगत अवलोकन तथा निरिक्षण गर्नु भएको हो ।

कोरानाभाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि नेपाल सरकारले चैत एघार देखि अन्तराष्ट्रिय सीमानाकाबन्द गरेको हो ।

(कोभिड १९) काकारण लगातार आठ महिनालामो सम्मबन्द रहेको भारतसँगजोडिएका कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहजबनाउन सदस्य चौधरी समक्ष माग स्थानियहरुले माग गरेका हुन् । स्थानिय रोजगार पूर्ण रुपमा ठप्प छ ।

जस्ले गर्दा न्यून र मध्यम वर्गले धेरै समस्या खेप्नु परेको छ, गढवा गाउँपालिका वडा नम्बर ८ निवासी खालिक सिद्दिकिले भन्नुभयो, ‘कोइलाबास नाकालामो समयसम्म पूर्णरुपमा शिल हुदा खबरी, मुसि, लगायतका अन्य नाकाहरुका स्थानियहरुको जन जिवनमा नकारात्मक असर पुगेको छ ।

 

कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन आवश्यक छ ।’ ‘लामो समय सम्मकोइलाबास नाका बन्द हुँदा जीवनथप कष्टकर बनेको भन्दै कोइलाबास नाका खुलागरि व्यवस्थित र सहज बनाउनपर्छ ।’

एक पोका नुन लिन गढवा बजार जानुपर्ने बाध्यता रहेको छ । सवारी साधानहुने त गढवा बजार पुग्छन् । नहुने बसको प्रतिक्षामा बस्ने हो, सिद्दिकिले भन्नुभयो, ‘तुलसिपुरबाट विहान आठ बजे कोइलाबास हिडकेको बस एघार बजे लमही आइपुग्छ र लमही देखि दिउँसो दुईबजे कोइलाबास पुग्छ ।

 

अर्को दिनविहान एघार बजे रासनपानी लिन गढवा बजार पुग्यो तर सोहीदिनकतैबाट कोइलाबास फर्कने सवारी साधान हुदैँन ।’ ‘जस्ले गर्दा सामाग्रीखरिद गरेर एक रातहोटलमा बस्नुपर्ने बाध्यता रहेको छ । अर्को दिन बस आयो भने बल्ल कोइलाबास जाने हो ।

 

नाकाबन्दा हुदा दोब्बर खर्च गरेर रासनपानी खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।’यता सदस्य चौधरीले उद्योग मन्त्रीसंग समन्वयगरी यहि मंसिर महिनाभित्र व्यवस्थित र सहज तरिकाले कोइलाबास नाका खुलागर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोइलाबास भन्सार सुचारु गर्न र नाकालार्य थप व्यवस्थित बनाउन उद्योगमन्त्रीसंग समन्वय मंसिर महिना अन्तिम सम्म कोइलाबास नाका खुलाउने योजना बनाएको छु । नाका छिटै खुल्छ ।’

यता सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोइलाबासका प्रमुख माधव ढुङगेललाई स्थानीयले दिनहु बन्द कोइलाबासका नाका खोलिदिन अनुरोध गरेको बताउनुभयो । उहाँले भन्नुभयो, दिनमा छ देखि आठ जनाले कोइलाबास नाका कहिले खुल्छ, लौन सर नाका खोलीदिनपहल गरिदिनु प¥यो भनेर दिनहुँदुखेसो पोख्न आउँने गर्नुहुन्छ । सम्झाइ बुझाइ पठाउने गरेको छु ।’

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *