विश्व एड्स दिवस ः दाङमा १९ जना बालबालिका संक्रमित

यमकला भुसाल
तुलविश्व एड्स दिवस ः दाङमा १९ जना बालबालिका संक्रमित
सीपुर, १६ मंसिर । ३३ औँ विश्व एड्स दिवस मनाइरहँदा दाङमा १९ जना बालबालिकामा एचआईभी एड्सको संक्रमण भएको पाईएको छ ।
गर्भ अवस्थामा रहदाँ आमा एचआईभी संक्रमित भएको र सुई मार्फत बालबालिकाको संक्रमण दर बढेको एचआईभी र लागु औषधको बारेमा काम गर्दै आएको संस्था परिवर्तन समुह दाङले जनाएको छ ।

समुहका कार्यक्रम अधिकृत बिलेन्द्र मल्लका अनुसार लागु पर्दाथ सेवन,असुरक्षित यौन सम्पर्क,खुल्ला सिमाना,बैदेशीक रोजगार र लापरवार्हीका कारण एचआइभीको संक्रमण दर सोचे अनुरुप कमी आउन नसकेको हो । समय–समयमा यस्ता खालका विभिन्न सचेतना मुलक कार्यक्रम,जनचेतनामुलक सन्देश प्रवाह गरिरहे पनि मानिसहरु अझै एचआईभी एड्स प्रति सम्बेदन्शील बन्न नसकेको देखिएको छ ।

दाङमा यस अािर्थक वर्षको कात्तिक मसान्त सम्मको तथ्याङ्क हेर्दा एचआइभी एड्सका ५ सय ९५ जना बिरामी फेला परेका छन । यी मध्ये १४ वर्ष उमेरसम्मका १९ जना बालबालिका रहेका छन । त्यस्तै १ सय ४६ जना पुरुष,१ सय ४५ जना महिला र १ जना तेश्रो लिंगी रहेको समुहका कार्यक्रम अधिकृत मल्लले जानकारी दिनुभयो । सङक्रमित हुनेमा १८ वर्ष देखि ५० वर्ष उमेर समुहका व्यक्ती रहेको पाईएको छ । एचआईभी एड्सकै कारण हालसम्म जिल्लामा ४९ जनाको मृत्यु भएको छ ।

तथ्याङ्क मध्ये २ सय ३५ जना औषधी खान छोडी सम्पर्क बिहिन अवस्थामा रहेको र ३ सय ११ जना संक्रमितहरुले स्वास्थ्यकर्मीहरुको सरसल्लाह र निगरानीमा रही औषधि सेवन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले एचआइभी एड्सको न्युनीकरणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउजनुभयो । बिरामीको पहिचान, उपचार र रोकथाममा समुदायको सक्रियता आवश्यक हुने उहाँको भनाई छ ।

रोग लाग्नबाट बच्न सक्नु नै पहिलो विकल्प भएको भन्दै उहाँले संक्रमण भएको अवस्थामा समयमै उपचार गराएर नियमित औषधि प्रयोग गरेर केही वर्ष आयु लम्ब्याउन सकिने जानकारी दिनुभयो । दाङमा विगत केहि वर्षदेखी परिवर्तन समुह, दाङ प्लस, रेडक्रस,मानव स्वास्थ्य संस्था,परिवार नियोजन लगाएतका संस्थाहरुले काम गर्दै आईरहेका छन ।

यसैविच नेपालमा हाल २९ हजार ५ सय ३ जना एचआईभी संक्रमित भएको अनुमान गरिन्छ । दैनिक दुईजनालाई एचआईभी संक्रमण हुने गरेको छ । जसअनुसार आर्थिक वर्ष २०७६÷७७ मा ७ सय ९० जनालाई एचआईभी संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङले देखाएको छ । तथ्याङक अनुसार एकजना महिला संक्रमित हुँदा दुईजना पुरुषमा संक्रमण हुने गरेको छ ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *