‘हिंसा घटाउन महिलालाई आर्थिक रूपले बलियो बनाउनुपर्छ’

गणतन्त्र समाचारदाता
हापुरे १७ मंसिर । महिलाहरुले आर्थिक पाटो बलियो बनाउन सके मात्र पनि हिंसामा कमि आउने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत हापुरेमा भएको अभिमुखिकरण कार्यक्रमममा सहभागि बक्ताहरुले यस्तो बताएका हुन ।

लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बबई गाउपालिका वडा नं ४ मा अभिमुखिकरण सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति बबई जगाउपालिकाका उपाअध्यक्ष सावित्रा विश्वकर्माले महिलाहरुले आफु सक्षम हुने बाटो रोज्नु पर्ने बताइन । यस्ता महिलाका कार्यक्रम गर्दा पृुरुषको पनि उत्तिकै सहभागिता हुनु पर्नेमा उनको जोड थियो ।

पारिवारीक संस्कारले पनि हिंसामा वृदि गर्ने बताउदै आफ्नो सन्तानलाई कस्तो संस्कार दिने भन्नेमा अभिभावक सचेत हुनु पर्ने उपाध्यक्ष विश्वकर्माले बताइन । वडा नं ४ का यडा अध्यक्ष टेकबहादुर वलीले आर्थिक अधिकार नपायका तथा कमजोर व्यक्ति बढी हिंसामा पर्ने बताउनु भयो ।

पारिजात विद्यालयका अध्यक्ष प्रमोद धितालले हिंसा रोक्नु सबैको दायित्व भएको बताउदै महिला पुरुष दुबैले पृत्री सतात्मक सोचको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।अन्र्तपाटीं महिला सञ्जाल वडा नं ४ का अध्यक्ष पिमा अधिकारीको अध्यक्षता तथा बबई गाउपालिकाका उपाध्यक्ष सावित्रा विश्वकर्माको प्रमुख आथित्यता एवम वडा नं ४ का वडा अध्यक्ष टेकबहादुर वलीको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रशिक्षकमा बबई गाउपालिका महिला तथा बालबालिका कार्यलय प्रमुख ईश्वरा रावत तथा आई एन एफ का कृष्ण वली रहनु भएको थियो ।
अन्र्तपाटी महिला सञ्जाल वडा नं ४ का सचिव प्रेमा घर्तीमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण अन्जु घर्तीले गर्नु र्भको थियो । अभिमुखिकरण कार्यक्रममा वडा नं ४ का ३० भन्दा धेरै महिलाहरुको सहभागिता रहेको थियो ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *