तुलसीपुरमा खोप ढुवानी कर्तालाई अभिमुखीकरण

गणतन्त्र समाचारदाता
तुलसीपुर, १८ मंसिर । तुलसीपुर उपमहानगरपालिकाले विभिन्न पालिकाहरु संग खोप ढुवानी कसरी गर्ने लगायतका विषयमा अभिमुखीकरण गरेको छ ।

बिहिबार तुलसीपुर उपमहानगपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबई गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा खोप ढुवानी गर्ने र खोप कोल्डचेनमा काम गर्ने स्वास्थ्य कार्यकर्ताहरुलाई खोप ढुवानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, खोपको भण्डारण कसरी गर्ने तथा खोपको गुणस्तरीयता विग्रन नदिन गर्नु पर्ने विषयमा अभिमुखीकरण गरिएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले बताए ।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाहीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यालय दाङका खोप सुपरभाइजर भानु ज्योति वली, सिता कंवर लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सहजीकरण भानु ज्योति वलीले गरेका थिए ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *