लागुऔषध सहित बसका सहचालक पक्राउ

गणतन्त्र समाचारदाता
तुलसीपुर, १९ मंसीर । लागु औषध ट्याबलेट सहित तुलसीपुर प्रहरीले बसका सहचालकलाई पक्राउ गरेको छ

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१९ अकासी घर भएका रा १ ख १६८२ नम्बरको बस सहचालक २५ बर्षका देवबहादुर खड्का रहेको प्रहरीले बताएको छ ।

खड्काको साथबाट प्रहरीले निट्राजिपाम ३ सय ४५ ट्याबेलट र ट्रामाडोल हाइड्रोक्लोराइड एक सय २० क्याप्सुल बरामद गरेको छ ।

लागु औषध बिक्री बितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा पिछा गरेको प्रहरीले नेपालगंजबाट तुलसीपुरको बसपार्क तर्फ आउदै गर्दा प्रहरी निरीक्षक झबिन्द्र परियारको कमाण्डमा खटेको प्रहरीले बसपार्कबाट पक्राउ गरेको हो ।

स्रोतका अनुसार चालक तुलसीपुर १९ निबासी मानबहादुर नेपाली पनि पक्राउ परेका छन । मंगलबार ब्राउनसुगर सहित पक्राउ परेका राजेश नेपालीको बयानका आधारमा उनलाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *