घोराहीमा १७ औ महिला स्वास्थ्य स्वयम्सेवीका दिवस

गणतन्त्र समाचारदाता
घोराही, २१ मंसिर । १७ औ राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईएको छ ।
घोराही उप–महानरपालिका –१४ ले शनिवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । त्यस अबसरमा आयोजित बोल्ने वत्ताहरुले कोरोना नियन्त्रण गर्नका लागि स्वास्थ्य स्वयमसेवीकाको भुमिका महत्व पूर्ण रहेको बताए ।

महिला स्वास्थ्य स्वयमसेवीकाले समाजमा जनचेतनाका कार्यक्रम घर÷घरमा पु¥र्याएका कारण कोरानाका विरामीको मृत्यु दरकम रहेको उल्लेख गर्नुभयो । त्यस अबसरमा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत शाहीले कोरोना माहामारी बेला महिला स्वास्थ्यकर्मीको भुमिका महत्व पुर्ण भएको उल्लेख गर्नुभयो ।

स्वास्थ्य स्वयमसेवीका नै समाजको पहिलो डाक्टर भएको भन्दै सबैले उनीहरुलाई प्रोत्साहन गनुपर्ने बताउँनु भयो । वडा अध्यक्ष शक्तिराम डाँगीले महिला स्वयमसेविकाको योजना अनुसार काम भैरहेको उल्लेख गर्नुभयो । जोखिमको बेला पनि टोल÷टोलमा पुगेर स्वास्थ्य निशुल्क सेवा पु¥र्याएको भन्दै सबैले सम्मान गर्नु पर्ने बताउँनुभयो ।

वडामा सबै प्रकारका जातजाती र समुदायका महिला स्वास्थ्य स्वयमसेवीका भन्दै सम्पूर्णलाई तालिम र खाजा भत्तको व्यवस्था गरेको उल्लेख गर्नुभयो ।
दिवसका अबसरमा नगरस्वास्थ्य प्रमुख नारायण घर्ती,राधा पौडेल, शालिक राम आचार्य लगाएले शुभकामना व्यक्त गर्नुभयो । वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षमा भएको कार्यक्रमको संचालन खिमा भुषालले गर्नुभयो ।

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *