रक्षाचौरमा मास्क वितरण

गणतन्त्र समाचारदाता
तुलसीपुर, २१ मंसीर । ईलाका प्रशासन कार्यालय तुलसीपुरको अघुवाईमा गुरु जजुर माध्यामिक विद्यालय रक्षाचौरमा मास्क वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको निर्णय अनुसार विद्यालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी पाँच सय थान सर्जिकल मास्क वितरण गरिएको हो ।

कार्यालय प्रमुख आनन्द पौडेलले विद्यालय प्रधानाध्यापक विष्णु कुमारी केसीलाई मास्क हस्तान्तरण गरेका हुन । विद्यालयहरुमा बालबालिकाहरुलाई कोरोना सावधानीको सन्देश दिने उद्देश्यले सिचाई डिभिजन कार्यालय तुलसीपुरले उपलब्ध गराएको सर्जिकल मास्क वितरण गरिएको हो

मास्क हस्तान्तरण गदै कार्यालय प्रमुख पौडेलले अन्य जिल्लाको तुलनामा दाङ कोरोना संक्रमणको जोखिम भयावह नभएता पनि कोरोना सावधानी अनिवार्य अपनाउनु पर्ने बताएका छन् ।उनले कोरोना संक्रमणबाट बच्नका लागी हरेक मानिसले भौतिक दुरी कायम गर्नुपर्नेमा जोड दिदै यस प्रति कसैले हेलचेक्रयाई गर्न नहुने बताएका थिए ।

कोेरोना संक्रमणको जोखिमकै कारण देशभर लामो समय देखी शैक्षिक संस्था बन्द हुदा विद्यार्थीहरुको पठनपाठन धरै प्रभावित बनेको बताउदै उनले कोरोना सावधानीका साथ पठनपाठन सुचारु भएको बताएका छन् । अझै पनि कोरोनाको जोखिम भएकाले यस प्रति विद्यालय प्रशासन र विद्यार्थीहरुलाई कोरोना सावधानी नियमित रुपमा अपनाउन आग्रह गरेका छन् ।

मास्क प्रयोग गर्ने, सावुनपानीले हात धुने, स्यानिटाईजर प्रयोग गर्नुपर्ने, भौतिक तथा सामाजिक दुरी कायम राख्नु पर्ने लगाएतका कुरामा ध्यान दिनु पर्ने उनको भनाई थियो । साथै विद्यार्थीहरुले बिद्यालयमा सिकेका शिक्षालाई गाउँघरमा लगेर सचेतना फैलाउन आग्रह गरिएको छ ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक केसीले सहयोग गरेको भन्दै सवैमा धन्यावाद ज्ञापन गरेकी थिईन ।

आगामी दिनहरुमा स्वास्थ्य सुरक्षा कार्यक्रममा हातेमालो गर्न तयार रहेको बताउदै उनले कोरोना सावधानी अपनाएर विद्यालयमा पठनपाठन भईरहेको पनि जानकारी गराएकी हुन । कार्यक्रममा सिचाई डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेस मरासिनी, शसत्र प्रहरी बेस क्याम्प तुलसीपुरका प्रहरी निरीक्षक मोहन केसी लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले गरेका थिए ।

 

[reactionpoll]
प्रतिक्रिया 0

प्रतिकृया दिनुहोस्

Your email address will not be published. Required fields are marked *