महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिऔं-सम्पादकी

महोत्सवमा स्थानीय उत्पादनलाई जोड दिऔं-सम्पादकी

m
अहिले महोत्सवको सिजन चलेको छ । विभिन्न स्थानमा मेला तथा महोत्सवहरु सञ्चालन भइरहेका छन् । पछिल्लो तीन वर्ष कोरोना महामारीका कारण नेपालमा मेला तथा महोत्सवहरु हुन पाएनन् । मेला तथा महोत्सव लाग्नु अर्थतन्त्रका लागि निकै सकरात्मक कुरा हो । यसले बजारमा पुजीको परिचालन हुन्छ । आर्थिक गतिविधि बढ्दा आम जनताको साथसाथै मुलुकको अर्थतन्त्रलाई पनि फाइदा गर्ने गर्दछ । तर, विगत देखि नै हामीले महोत्सवलाई वास्तविक रुपमा महोत्सवको स्तरमा काम गर्न सकेका छैनौं । यो वर्ष मात्र होइन विगतका वर्षहरुमा पनि दाङका विभिन्न स्थानमा मेला तथा महोत्सव लाग्दै आएका छन् । हामीले ती महोत्सवहरु कत्तिको प्रभावकारी भए भनेर समिक्षा गर्न जरुरी छ । आयोजकले आम जनताको अपेक्षा अनुसार महोत्सव सञ्चालन गर्न सक्यो कि सकेन भनेर समिक्षा गर्नुपर्ने बेला आएको छ । महोत्सव आँफैमा राम्रो कुरा हो । तर, हामीले महोत्सवबाट कत्तिको फाइदा लिन सकेका छौं भनेर गम्भिर भएर समिक्षा गर्नुपर्छ ।
महोत्सवमा स्थानीय उत्पादन, कला र संस्कृतिको प्रवद्र्धन हुन जरुरी छ । उनीहरुको बस्तु तथा सीपलाई बजारिकरण गर्न महोत्सवहरु सहयोगी हुन जरुरी छ । महोत्सवमा धेरै जसो स्टलहरु बाहिरबाट आएको देखिन्छ । यसले स्थानीय पुजिलाई बाहिर लैजान देखिन्छ । अर्को कुरा महोत्सवलाई हामीले नयाँ ढंगले सञ्चालन गर्नुपर्छ । अब विगतमा जस्तै स्टल र आकर्षणले महोत्सवमा आम नागरिकको सहभागित बढाउन सक्दैन । पछिल्लो पटक जिल्लामा केही महोत्सवहरु बिचैमा सकिएका छन् । अहिले मनोरञ्जनका साधनहरु पनि धेरै भएकाले मान्छेहरु महोत्सव खासै रुची नराखेको देखिन्छ । यसमा आयोजकहरुको कमजोरी भन्दा पनि हाम्रो नयाँ पुस्ताको ध्यान मेला तथा महोत्सवतर्फ जान नसके देखिन्छ । अहिले हातहातमा मोबाइल र इन्टरनेटको पहुँच पुगेको छ । युवाहरु मोबाइलबाटै विभिन्न मनोरञ्जन लिइरहेका हुन्छन् । कलाकारहरुका दोहोरी पनि हेरिरहेका हुन्छन् । अब हामीले यी मेला तथा महोत्सवहरुलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्छ ।
मेला तथा महोत्सवलाई व्यवसायीक प्रयोगनका लागि बिक्री भन्दा पनि प्रदर्शनीको रुपमा राख्नुपर्दछ । बरु राज्यले मेला आयोजकलाई महोत्सवको खर्चको व्यवस्था गरेर भए पनि स्थानी उत्पादन, कला तथा संस्कृतिको प्रवद्र्धनका लागि योगदान गर्न जरुरी छ । महोत्सवले बस्तुको बजारिकणमा निकै सहयोग पुग्छ । मुलुकको आर्थिक विकासमा लागि हामीले स्थानीय उत्पादनलाई जोड दिनुपर्छ । यसका लागि राज्य र निजी क्षेत्रबीच उचित सहकार्य हुन जरुरी छ ।