सम्पादकीय- निर्वाचनलाई मर्यादित बनाउनु सबैको दायित्व

सम्पादकीय-  निर्वाचनलाई मर्यादित बनाउनु सबैको दायित्व

 

स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते एकै चरणमा देशव्यापी हुँदै छ । मुलुकको राष्ट्रिय राजनीतिमा कुनै अनपेक्षित घटना भएन भने अबको साढे तीन सातामा मुलुकका नयँ जनप्रतिनिधि हाइसक्ने छन् । अघिल्लो पटकको निर्वाचन जेठ, असार र असोजमा गरेर तीन चरणमा सम्पन्न भएको थियो । यस पटक भने एकै दिन सबै स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आएसँगै राजनीतिक दलहरु चुनावी प्रचारमा लागेका छन् । केही स्वतन्त्र व्यक्तिहरु पनि निर्वाचनको प्रचारमा जुटेका छन् । लोकतन्त्रमा निर्वाचन आधारभूत सर्त हो । हाम्रो संविधानले पनि आद्यविक निर्वाचनको व्यवस्था गरेको छ । अहिले मुलुकमा संधीय, प्रदेश र स्थानीय गरेर तीन ओटा सरकार रहेका छन् । तीन ओटा मध्ये सबैभन्दा बढी जनतासँग प्रत्यक्ष जोडिएको सरकार भनेको स्थानीय सरकार नै हो । स्थानीय सरकारसँग शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूरा गर्ने जिम्मा छन् ।

लामो संघर्ष, बलिदान र परिवर्तनका लागि भएकाले आन्दोलनले नेपालमा संघात्मक राज्य व्यवस्था आएको हो । सदियौं वर्ष देखिको एकात्मक राज्य व्यवस्था अहिले विकेन्द्रित भएको छ । अहिले नागरीको घरदैलोमा स्थानीय सरकार पुगेको छ । अघिल्लो पटक राजनीतिक दलहरुले ‘घर–घर’ मा स्थानीय सरकारको नारा ल्याएका थिए । यसको अर्थ अब सरकारको पँहुच आम जनता कहाँ पुग्छ भनेको हो । हामीले जनतासमक्ष सरकार त पु¥याएका छौं । अब ती सरकारहरुले प्रभावकारी रुपमा काम गरेका छन् कि छैनन् भनेर समीक्षा गर्नुपर्ने बेला आएको छ । यति बेला जनप्रतिनिधिहरुले विगतको निर्वाचनमा घोषणा पत्र अनुरुप निर्वाचित जनप्रतिनिधिहरुले काम गरिरहेका छन् कि छैनन् भनेर मूल्यांकन गरिरहेका छन् । साथै निर्वाचनमा विजयी हुन नसकेका उम्मेदवारहरुले पाँच वर्षको अवधिमा कत्तिको विकास निर्माणमा ध्यान दिए ? अथवा पाँच वर्षसम्म कस्तो भूमिका निर्वाह गरेर भनेर पनि हेरिरहेका छन् ।

स्थानीय तहको सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले हाम्रा उम्मेदवारहरुको विगत, वर्तमान र क्षमताको वारेमा आम नागरिकले समेत मूल्यांकन गरिरहेका छन् । अहिले निर्वाचनको बेला दलहरुबीच तीब्र आरोप प्रत्यारोप पनि हुने गरेको छ । स्वभाविक रुपमा निर्वाचनको समयमा दलहरु तथा नेताहरु अलि बढी आक्रामक ढंगले प्रस्तु्त हुन्छनन् । सामाजिक सञ्जालहरुमा पनि बादविवादहरु हुने गर्छनन् । सभ्य तरिकारले हुने यस्ता बहश र छलफललाई हामीले स्वागत गर्नुपर्छ । तर, कतिपय घटनाहरुले अलि बढी मानवीय संवेदनालाई नै असर गर्ने खालका हुन्छन् । यस तर्फ सबै सचेत हुनुपर्छ । आसन्न स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउनका लागि सबैले सहयोग गर्न आवश्यक छ ।