विद्यार्थीसँग नायक सरोज खनाल

विद्यार्थीसँग नायक सरोज खनाल

पुस, दाङ । नेपाली सिने क्षेत्रका नायक सरोज खनाल दाङ आएर विद्यार्थीसँग साक्षात्कार गर्नु भएको छ । गुरुकुल एकेडेमीले दाङमा गरेको ‘भाइबिहिनी विषेश कार्यक्रममा’ उनले जीवनमा सिकाई नरोकिने भन्दै आफू पनि अझै कलाकारिता सिक्नेक्रममा रहेको बताउनु भएको छ ।

दाङ, रुकुम, रोल्पा सल्यान, प्युठान जिल्लाका गरी कबिर तीन सय विद्यार्थी सहभागी भएको कार्यक्रममा उहाले भन्नु भयो, ‘मैले ५० बढी सिनेमा खेलीसकेको हुला, तर अझै कलाकारिता सिक्नेक्रममा छु ।’ उहाले जीवनमा ज्ञान आर्जन गर्नेक्रमे नरोकिने बताउदै सिकाईलाई निरन्तर जारी राख्न आग्रह गर्नु भयो । ‘जीवनमा कहिले सिक्न नछोड्नुहोला’ उहाले भन्नु भयो, ‘किनभने सिक्नेक्रम कहिले रोकिदैन ।’

उहाले विद्यार्थीहरुलाई आफ्नो जीवनको लक्ष तय गर्न योजना बनाउनुपर्ने बताउनु भयो । ‘तपाई जीवनमा के बन्ने योजना बनाउनुस् । त्यसलाई डायरीमा उर्तानुस्’ उहाले भन्नु भयो, ‘र, त्यसलाई सार्थक रुपदिन व्यवहारमा काम गर्न थाल्नुस् ।’ उहाले जीवनमा सपना देख्न नछोड्न आग्रह गर्नु भयो । ‘सपना देख्ने मान्छे नै जीवनमा सफल हुन हो’ उहाले भन्नु भयो , ‘जो सँग सपना हुँदैन उनीहरु जीवनको गन्तव्य पुग्न सक्दैनन् ।’

अभिप्रेरणा दिने उद्देश्यले आयोजन गरिएको कार्यक्रममा उहाले विद्यार्थीसँग प्रत्येक्ष साक्षात्यकार गर्नु भयो । उनीहरुको सपना र लक्षबारे संवाद गरे । उनले जीवनसँग जाड्ने शिक्षा गुरुकूल एकेडेमीले दिन थालनी गरेको भन्दै सराहनीय काम भएको बताउनु भयो ।

गुरुकुल एकेडेमीका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इञ्जिनियर अनन्तराज घिमिरले पूर्ण मानव बनाउने सोचले विद्यालय अघि बढेको बताउनु भयो । शिक्षालाई जीवनसँग जाडेर सबल र योग्य नागरिक बनाउने अभियानमा विद्यालय रहेको उहाको भनाइ थियो ।

सो अवसरमा विद्यार्थीहरुले नृत्य, गायन, बिट बक्सिङ, एनसीसी प्रस्तुती लगायतका अतिरिक्त्त क्रियाकलपाहरु प्रस्तुत गरेका थिए । गुरुकुल प्लसटुका संयोजक निमानन्द गैरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका कर्णेल रविन्द्र महर्जनको विशिष्ट आतिथ्यता रहेको थियो । विद्यालयका सह–प्रधानाध्यापक मुकुन्द गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक इन्द्र पोख्रेलले गर्नुभएको थियो ।