हप्ताको पहिलो दिन आज बढ्यो सुनको मूल्य

हप्ताको पहिलो दिन आज बढ्यो सुनको मूल्य

काठमाडौं, कार्तिक २८। हप्ताको पहिलो दिन आज पनि सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार पनि सुन तोलामा चार सय रुपैयाँले बढेको थियो । यस्तै, चाँदीको मूल्य आज पनि बढेको छ ।

चाँदी आज तोलामा १२ सय ९५ रुपैयाँमा पुगेको छ । यो भाउ अस्ति शुक्रवारको भन्दा २५ रुपैयाँले महँगो हो।