नेपाल टेलिकमको तीन महिनामा खुद नाफा २ अर्ब २५ करोड

नेपाल टेलिकमको तीन महिनामा खुद नाफा २ अर्ब २५ करोड

३० कात्तिक, काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा बढाएको छ । टेलिकमका अनुसार  (२०७८ असोज मसान्त) मा दुई अर्ब २५ करोड ९९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधि (२०७७ असोज मसान्त)को तुलनामा ४८.९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ मुनाफा गरेको थियो ।