मार्गदर्शन पुनस्थापना केन्द्रले हाल २५ जना युवाहरुलाई उपचारमा जोड दिदै

मार्गदर्शन पुनस्थापना केन्द्रले हाल २५ जना  युवाहरुलाई उपचारमा जोड दिदै

मुना खनाल
दाङ , मंसिर ।मार्गदर्शन पुनस्थापना केन्द्रले हाल २५ जनालागुऔषधमा परेका   युवाहरुलाई उपचारमा जोड दिदैआएको छ।२०७४ साल माघ २१ गतेदेखि यस पुनस्थापना केन्द्रले सेवा दिदै आएको हो  । कुनै पनि दुर्बसनीले उपचार बिना ज्यान गुमाउनु नपरोस् भन्ने यस  पुनस्थापना केन्द्रको उदेश्य रहेको  संचालक रविन महरले जानकारी दिनु भयो।  स्थापनाकालदेखि अहिले सम्म ३०० -४०० युवाहरुलाई लागुऔषधबाट मुक्त गराई घर पठाइएको संचालक  तिमिल्सिनाले जानकारी दिनु भयो।लागू औषधमा परेका युवाहरुलाई उपचार तथा परामर्श दिई नया जीवन दिन पुनस्थापनाको महत्त्व छ ।नियमित योगा,ब्यायाम ,दैनिक ब्यक्तिगत तथा सामुहिक परामर्श, दैनिक दुर्‍यसन सम्बन्धि कक्षा हुने ,खेलकुद ,मनोरञ्जन र रमणीय वातावरण भएको केन्द्रले जनाएको छ।साथै आर्थिक अवस्था कमजोर भएकोलाई ३०%निशुल्क उपचार हुने संचालक तिमिल्सिनाले जानकारी दिनु भयो।