बाँकेमा ५५ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

बाँकेमा ५५ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ, मंसिर २९। बाँकेमा ५५ ग्राम लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ र बाँकेका एक एक जना युवा रहेका छन् ।

दाङ तुलसीपुर उपमहानगरपालिका १४ का ३३ वर्षीय गौरब बुढाथोकी र बाँकेको राप्तीसोनारी गाउँपालिकाका ३२ वर्षीय सुवास वि.कलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेका उनीहरुलाई मंगलबार साँझ ७ बजे नेपालगन्ज उपमहानगरपालिका १५ जनमुनाह चेकपोष्टबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनहरुमाथि थप अनुसन्धान भइरहेको छ ।