भोलीदेखि दिउँसो बङलाचुलिमा चुन ढुङ्गा बोक्ने टिपर चल्न नपाउने

भोलीदेखि दिउँसो बङलाचुलिमा  चुन ढुङ्गा बोक्ने टिपर चल्न नपाउने

दाङ, पुस १ । दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सिमेन्ट उद्योगहरुको चुनढुङ्गा खानीमा उत्खनन् गर्न रोक लगाएको छ । गाउँपालिकाको वडा न. १ र ४ मा पर्ने तापा, थारा क्षेत्र र ६ मा पर्ने तिमिले क्षेत्रको चुनढुङ्गा खानीमा उत्खनन् गर्न रोक लगाएको हो ।

यस क्षेत्रबाट घोराही सिमेन्ट उद्योग, सम्राट सिमेन्ट उद्योग र शुभश्री अग्नि सिमेन्ट उद्योगले चुनढुङ्गा उत्खनन् गर्दै आएका थिए । चुनढुङ्गा उत्खनन् गर्दा उद्योगहरुले नागरिकले स्वच्छ वातारयणमा बाँच्न पाउने अधिकारलाई वेवास्ता गरेका कारणले उत्खनन्मा रोक लगाइएको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनुभयो ।

उहाँका अनुसार आज (बिहीबार) पौष १ गतेदेखि लागूहुने गरी अनिश्चितकालका लागि उत्खनन् र ढुवानी दुबैमा रोक लगाइएको छ । चुनढुङ्गा उत्खनन् र ढुवानी गर्दा धुलो धुँवाले गाउँपालिका भित्रका हजारौ नागरिकको स्वास्थ्यमा गम्भीर असर गरेको भन्दै त्यसको समाधानका लागि बुधबार गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले उत्खनन्मा रोक लगाउने निर्णय गरेको थियो ।

सिमेन्ट उद्योगहरुले नागरिकको स्वच्छ वातावरणमा वाँच्न पाउने अधिकारमाथी वारम्बार वेवास्ता गरेको, खानी प्रभावीत क्षेत्रका नागरिक, बंगलाचुली गाउँपालिका र सिङ्गो जिल्ला प्रशासन कार्यालय समक्ष विभिन्न मिति र समयमा गरेका निर्णयहरु कार्वान्वयन नगरेको बैठकले उत्खनन्मा रोक लगाउने निर्णय गरेको हो ।

बंगलाचुलीबाट चुनढुङ्गा बोकेर दैनिक सयाँै टिपरहरु सडकमा गुड्दा कालोपत्रे सडक एक महिनामा नै भत्किएको थियो । त्यसपछि सडकमा धुलाम्ये भएको छ । टिपरका कारण सडकमा नागरिकलाई आवतजावत गर्न पनि समस्या परेको छ । त्यस्तै धुलोका कारण सडक आसपास क्षेत्रका बारीहरुमा लगाइएको वालीहरुमा पनि असर पुगेको छ ।

यस अघि चुनढुङ्गा बोक्ने टिपरहरु गुडेर घोराही–मुर्कुटी सडक जिर्ण भएको भन्दै सिमेन्ट उद्योगका लागि बैकल्पिक औद्यागिक मार्ग बनाउन माग समेत गरिएको थियो ।

यो पनि पढ्नुहोस

भोलीदेखि दिउँसो चुन ढुङ्गा बोक्ने टिपर चल्न नपाउने

घोराही–मुर्कुटी सडक: चुनढुंगा बोक्ने टिपरलाई बैकल्पिक मार्ग बनाउन नागरिकस्तरबाट थप दबाब

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध दायर भएको मुद्दामा कारण देखाउ आदेश जारी