पानीमा डुबेर एक जनाको मृत्यु

पानीमा डुबेर एक जनाको मृत्यु

दाङ , पुष ४। पाल्पामा माछा मार्न गएको समयमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । रामपुर नगरपालिका–६ बिजयपुर बस्ने ३५ वर्षीय राजु पौडेलको घर नजिकै कुलोमा माछा मारी घर फर्किने क्रममा शनिबार ढिकबाट पानीमा खस्न पुग्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

पौडेललाई पानीमा लडेको अवस्थामा देखेपछि स्थानियहरुले घर परिवारलाई खबर गरी उपचारका लागि रामपुर अस्पताल लगेकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ । उक्त घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभएको छ ।