फोटोको दर रेट वृद्धि हुँदै,

फोटोको दर रेट वृद्धि हुँदै,

हिमाल महरा
घोराही,१२ कार्तिक ।
दाङ जिल्लामा मंसिर १ गतेदेखि फोटो स्टुडियोहरुमा नयाँ दररेट लागुहुने भएको छ । बाहिर बाट आउने कच्चा पदार्थ को भाउ आकाशियको तथा कन्टेनर को डलर भाउ बढेर दोब्बर भयको हुदा र बजार सबै प्रकारका सामानहरु मुल्य वृद्धि भइरहदाल जिल्ला भित्रका फोटो सम्बन्धी कलर ल्याप तथा फोटो स्टुडियोहरुमा पनि नयाँ रेटलिस्ट लागू गर्न लागिएको हो ।
दाङ जिल्ला फोटोग्राफर एशोसियसनको २०७८ असोज २ गते भएको १३औं साधारण सभाले २०७८ मंसिर १ गते देखि लागु हुने गरि दररेट वृद्धि गर्ने निर्णय गरेको दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष बसन्त न्यौपानेले जानकारी दिए ।
मंसिर १ गतेदेखि लागु हुने गरि हालसम्म अर्जेन्ट फोटो १५० बाट वृद्धि भएर अब २०० हुने, नर्मल फोटो १०० बाट वृद्धि भएर अब १५० हुने भएको छ । साथै सबै प्रकारका फोटोहरुमा दररेटमा वृद्धि भएकको पनि एशोसियसनका उपाध्यक्ष मिनराज महराले जानकारी दिएका छन् ।

दाङका फोटो स्टुडियोहरुले २०७२ साल देखि एउटै दररेटमा कारोवार गर्दै आएका थिए ।