बाँकेमा लागूऔषध कारोबार गर्दै गर्दा तीन जना पक्राउ

बाँकेमा लागूऔषध कारोबार गर्दै गर्दा तीन जना पक्राउ

दाङ, पुस ५ । बाँकेमा लागूऔषध कारोबार गर्दै गर्दा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने बर्ष २५ का आदित्य कुमार लखेर, वर्ष ३० का रोहित कुमार श्रीवास्तब र भारतको बहाराईच जिल्ला गंगापुर बस्ने बर्ष २२का तिलक राम कुर्मी रहेका छन् ।

उनीहरु आइतबार ९ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डमा ब्राउन सुगरको कारबार भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले नेपालगन्ज १० गणेशमान चोकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।