प्रेस चौतारी दाङको जिल्ला अधिवेशन घोराहीमा उद्घाटन

प्रेस चौतारी दाङको जिल्ला अधिवेशन घोराहीमा उद्घाटन

, पुस ५। प्रेस चौतारी दाङको जिल्ला अधिवेशन घोराहीमा उद्घाटन गरिएको छ । ९औँ जिल्ला अधिवेशनका संयोजक इन्द्र डिसीको अध्यक्षता एमाले महासचिव शंकर पोखरेलेको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो ।

विहान अधिवेशनको उद्घाटन गरिएको थियो । दिउँसोबाट अधिवेशनको बन्दशत्र सुरु भएको छ । बन्दसत्रले ९औँ जिल्लका कार्य समिति चयन गर्नेछ । सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने चौतारीका नेताहरुले बताएका छन् ।

उद्घाटनसत्रमा नेकपा एमालेका केन्द्रीय नेताहरु खेमन खड्का, सुजता साक्य, नरुलाल चौधरी, सूर्य थापा, शान्ता चौधरी, साजिता सिद्धिकी, राष्ट्रियसभा सदस्य कोमल वली, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम लगायतको उपस्थिति रहेको थियो ।

चौतारी दाङकी सह सचिव सुधासुमन ढकालले स्वागत मन्तब्यबाट सुरु भएको अधिवेशनको सचिव प्रेमबहादुर राम्जाले गर्नुभएको थियो ।