प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौं, कार्तिक १२। जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गर्नुभएको छ।

प्रधानमन्त्री देउवा आज बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गर्नुभएको हो । पाँचौ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको शहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने छ । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवसहित २० सदस्य छन् । प्रधानमन्त्री देउवासहितको टोली १८ गते स्वदेश फर्किने छ ।