सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घट्यो

दाङ, पुस ६ । सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुन तोलामा ९३ हजार रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले सस्तो भएर १२ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ ।