पर्यटक लोभ्याउँदै नेपालकै दोस्रो लामो पुल

पर्यटक लोभ्याउँदै नेपालकै दोस्रो लामो पुल

शिवु खनाल,देउखुरी, ५ पुस
देउखुरी स्थित नेपालकै दोस्रो लामो सिसहनियाँ महदेवा जोड्ने पक्की पुल यतिबेला फोटो सुटको हटस्पट बनेको छ । राप्ती र गढवा गाउँपालिका क्षेत्रमा पक्की पुल बनेसँगै उक्त पुलमा आन्तरिक पर्यटकको चहलपहल बढ्नुका साथै फोटो सुट र सेल्फी जोनको हटस्पट बनेको हो । युवायुवती दिनभर जसो उक्त पुलमा आउने र फोटो कैद गर्ने, भिडियो, टिकटक बनाउनेहरुकोे भीडभाडले चहलपहल बढ्दै गएको स्थानीय रामबहादुर थापाले बताउनुभयो । देउखुरीको दुई गाउँपालिका जोड्ने राप्ती नदीमा देशकै दोस्रो लामो पक्की पुल बनेसँगै यस क्षेत्रमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । यो पुल ९२ करोड ६६ लाख लागतमा निर्माण समपन्न भएको हो ।
गत माघ १२ गतेबाट सञ्चालनमा आएको ८ सय ६५ मिटर लामो पुल अवलोकन र आसपास क्षेत्रमा फोटो खिच्नका लागि दैनिक तीन(चार सयसम्म आन्तरिक तथा बाहर्य पर्यटक ओहोर(दोहोर गर्ने गरेको स्थानीयहरुले बताएका छन् । पर्यटकीय चहलपहल बढ्दै गएकाले व्यापार(व्यवसायमा समेत सुधार आएको पुलका छेवैमा व्यापार(व्यवसाय गर्नेहरु बताउछन् । सुविधासम्पन्न होटल नभएकाले यहाँ आउने पर्यटकलाई समस्या छ । खान र बस्नका लागि राम्रो सुविधासहितका होटल सञ्चालन गर्न आवशयक रहेको छ, स्थानीय व्यापारी धनविर चौधरीले भन्नुभयो । पर्यटक आकर्षणसँगै स्थानीयको दैनिकीमा पनि सुधार आएको उहाँले बताउनुभयो । पुल हेर्न विभिन्न छिमेकी जिल्लाबाट मानिस आउन थालेका छन् । पुलले पूरै जिल्लाबासीलाई खुसी बनाएको छ ।
पुलमा हिँड्दा मात्रै पनि छुट्टै आनन्द आउने गरेको छ । पर्यटकिय क्षेत्रको लागि मात्रै नभए पुल बनेपछि स्थानीयलाई उपचार तथा पढाइका लागि गढवा गाउँपालिका वडा नम्बर १, २, ३ लगायतका स्थानीयहरुलाई लमही, घोराही, भालुवाङ्, सिसहनियाँ ओहोरदोहोर गर्न सजिलो भएको गढवा गाउँपालिकाका प्रवक्ता बावुराम अधिकारीले बताउनुभयो । पुल नबन्दा स्थानीयले लामो बाटो घुमेर लमही, घोराही, भालुवाङ् सिसहनियाँ पुग्नुपर्ने बाध्यता थियो । गढवा गाउँपालिकाका प्रवक्ता बावुराम अधिकारी भन्नुहुन्छ,(। ‘पर्यटक आगमनलाई ध्यानमा राखी वनभोजस्थल निर्माण, पार्क र बस्ने ठाउँको उचित प्रबन्ध मिलाउनु पर्ने देखिन्छ । राप्ती नदीमा ¥याटिङ् गर्नको लागी डुंगाको व्यवस्था गर्नुपर्छ ।’
प्राय विदाको दिन शनिबार पुलमा घुइँचो नै लागेको हुन्छ । नेपालकै दोस्रो लामो पुलसंगै राप्ती नदिले सबैलाई आकर्षित गरेको छ । दैनिकी विभिन्न ठाउँबाट युवायुवती समूहमा आएर पुलमा फोटो सेसन, टिकटकको बनाउन निकै व्यस्त देखिन्छन् । उक्त पुलको शिलान्यास २०७३ साल मंसिर २२ गते (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको थियो भने २०७७ माघ १२ गते पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले उद्घाटन गर्नुभएको थियो ।