महिला जेसिजद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा

महिला जेसिजद्धारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा

 

घोराही, ६ पुस । दाङ महिला जेसिजले आफ्नो १३ औं स्थापाना दिवसका अवसरमा ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
घोराहि १६ मा रहको जेष्ठ नागरिक सरोकार केन्द्रका वृद्ध आमा वुवाहरुका लागि अति आवश्यक सामाग्री तथा जाडो मौसममा लगाउने न्यानो कपडा हस्तान्तरण गरेर मनाएको छ ।

जेसिआई दाङ लेडीका वर्ष २०२१ का अध्यक्ष ममता बिष्टको अध्यक्षतामा एवं संस्थापक अध्यक्ष निर्मला गौतमको प्रमुख आतिथ्यता तथा जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरेर स्थापना दिवस मनाईएको हो । १८ थान टोपी, १८ थान ट्राउजर , १८ थान मोजा र चिनि चियापत्ती सहयोग गरिएको हो ।

 

जेष्ठ नागरिक सरोकार केन्द्रका कोषाध्यक्ष श्याम आचार्य, त्रिभुवननगर जेसिसका कार्यवाहक अध्यक्ष जेसी कुलबहादुर वलि, कानूनी सल्लाकार जेसि विवेक आचार्य, जेसि प्रम न्यौपाने, पुर्व अध्यक्ष धरोहर जेसि माया पोख्रेल्, जेसि निरजा पोख्रेल, जेसि डोमा पाण्डे तथा बर्ष २०२१ का वोर्ड तथा साधारण सदस्य हरुको महत्वपुर्ण उपस्थितिमा वर्ष २०२१को अन्तिम कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम संयोजक तथा स्वागत मन्तव्य स्जेसी बसन्ता भण्डारी, आस्था पाठ जेसि नोमिका चौधरीले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य जेसि नारायण भण्डारीले एवं कार्यक्रमको सहजिकरण महासचिव जेसि सुनिता थापाले गर्नुभएको थियो ।