बाँकेमा ३०० ट्यावलेट नाइट्रोभ्याट लागूऔषधसहित एक जना पक्राउ

बाँकेमा ३०० ट्यावलेट नाइट्रोभ्याट लागूऔषधसहित एक जना पक्राउ

दाङ, पुस ७। बाँकेमा ३०० ट्यावलेट नाइट्रोभ्याट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैलेशिखर नगरपालिका ९ का १९ वर्षीय नरेन्द्र विष्ट रहेका छन् ।

उनलाई बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ बाट मंगलबार पक्राउ गरेको हो । उनी भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागेर चेकजाँच गर्ने क्रममा ३०० ट्यावलेट नाइट्रोभ्याट लागूऔषध फेला परेको बाँके प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका विष्टमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।