जंगली जनावर बनेलकाे काचो मासु सहित लमहीबाट एकजना पक्राउ

जंगली जनावर बनेलकाे काचो मासु सहित लमहीबाट एकजना पक्राउ

शिवु खनाल
देउखुरी, ८ पुस
जंगली जनावर बनेलकाे काचो मासु सहित लमहीबाट एकजनालाई वडा प्रहरी कार्यालय लमही पक्राउ गरेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर २ बेला गैरा निवासी ५४ वर्षिय रामसुन्दर चाैधरीलाई बिहीबार विहान दशबजे लमहीकाे सनलाइट चाेक नजिकैबाट जंगली जनावर बनेलकाे आठ किलो मासु सहित पक्राउ गरेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

पक्राउ गरेक उक्त व्यक्ति र बनेलको मासुलाई वडा प्रहरी कार्यालय लमहीले डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीलाई बुझाइएको छ ।

पक्राउ परेका चाैधरी माथि थप अनुसन्धान भइरहेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कार्वाही हुने वन कार्यालयले जनाएको छ ।।