तुलसीपुरमा केहि दिन मतदाता नामावली बनाउने नागरिकहरुको भिड

तुलसीपुरमा केहि दिन  मतदाता नामावली बनाउने नागरिकहरुको भिड

दाङ, पुस ९। ईलाका प्रशासन कार्यालय तुलसीपुरमा केहि दिन यता मतदाता नामावली बनाउने नागरिकहरुको भिड लाग्ने गरेको पाइएको छ । कार्यालयमा दिनहुँ जसो भिडभाड हुदा नागरिकहरुलाई पालो पाउन मुस्किल पर्ने गरेको छ ।

मतदाता परिचय पत्र बनाउने ठाउँमा भिडभाड अत्यधिक रहेको छ । तुलसीपुर ४ खाद्रेका प्रकाश थापाले व्यवस्थित लाईन नहुदा टाँठाँबाँठाहरु पालो मिचि सेवा लिएको बताउनु भएको छ ।

पछिल्नो समय सेवाग्राहीहरुको चाप बढेको छ । मतदाता नामावली देखी नागरिकता र राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको भिड बढेको कार्यालय प्रमुख यज्ञ बहादुर बुढाले जानकारी दिनु भयो । नागरिकहरुको सहजताका लागी अहिले जिल्लाका दश वटै पालिकाबाट मतदाता नामावली संकलनको काम भईरहेको छ ।
जिल्लाका सवै पालिकामा नागरिकहरुको भिडभाड हुने गरेपनि तुलसीपुरमा बढि भिड हुदा समस्या देखीएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराई बताउनु भएको छ । स्थानिय चुनावको चर्चा चले संगै नागरिकहरु मतदाता परिचय पत्र बनाउन उत्साहित देखीएका छन् ।
मतदाता परिचय पत्र बिना भोट हाल्न नपाईने भएपछि उनीहरु नामावली बनाउन सक्रिय देखीएका छन् । तर मतदाता नामावली सेवा व्यवस्थित र प्रभावकारी नहुदा नागरिकले सास्ती पाउन थालेका छन् ।