“क्रिसमस डे–२०७८ को अवसरमा मुख्यमन्त्री केसीद्वारा शुभकामना सन्देश जारी

“क्रिसमस डे–२०७८ को अवसरमा मुख्यमन्त्री केसीद्वारा शुभकामना सन्देश जारी

पुस १० गते बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले
“क्रिसमस–डे–२०७८” को अवसरमा प्रदेशवासी, देशबासी र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर समुन्नतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । आज विहानै जारी शुभकामना सन्देश मार्फत शुभकामना व्यक्त गर्नुभएको हो ।
लुम्बनी प्रदेशका मुख्यमन्त्री केसीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ–“हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण छ । यही हाम्रो देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सक्दछौँ । यसै भावना र मर्मलाई नेपालको संविधान–२०७२ ले पनि स्वीकार्दै विविध जाती, धर्म, सँस्कृति र समुदायको संरक्षण र सम्बद्र्धनका लागि अधिकार प्रदान गरेको कुरा सर्वविधितै छ । नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढ्ने विश्वास दिलाउँदै संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने कुरा यो सन्देश मार्फत अवगत गराउँदछु । ”
संविधानले परिवर्तनलाई सँस्थागत गर्नका लागि र सबै विभेदको अन्त्यको परिकपल्ना व्यक्त गर्दै केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छः–“हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं । विगतका राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प छ ।”
सबै समुदायको चाड पर्वलाई समान अधिकार प्रदान गरेको बताउँदै विज्ञप्तीमा उल्लेख गरिएको छ–“यसै अनुरुप सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा विश्वास गर्दछु । ”
समृद्ध प्रदेश बनाउनको लागि आह्वान गर्दै यस प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको कुरा समेत व्यक्त गर्दछु । क्रिसमस डे–२०७८ को अबसरमा प्रदेशवाशीको हर्ष, उल्लास, सद्भाव पूर्ण भावना कायम रहोस् । समृद्ध प्रदेश निर्माणका लागि सबै प्रदेशवासी एवं समस्त नेपालीहरुमा पुनः क्रिसमस डे–२०७८ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।” लुम्बिनी प्रदेशमा मुख्यमन्त्री केसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।