तुलसीपुर खानेपानी; दलीय सहमती भगं,अध्यक्षमा ६ जनाको उम्मेदवारी

तुलसीपुर खानेपानी; दलीय सहमती भगं,अध्यक्षमा ६ जनाको उम्मेदवारी

 

यमकला भुसाल,तुलसीपुर,पुस १२ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि ९ दलले गरेको सामुहिक सहमती भगं भएको छ । केही दिन अघि मात्र तुलसीपुरका क्रियाशिल ९ राजनीतिक दलहरुले नयाँ नेतृत्वका लागि सहमति गरेका थिए । उक्त सहमतिका आधारमा आइतवार उम्मेदवारी दर्ता गर्दै जांदा अन्तिम अवस्थामा उनीहरुले सहमति भगं गरेका हुन । त्यसपश्चात राजनिति सहमति विपरित दलहरुले उम्मेदवारी दर्ता गराएको संस्थाका एक सदस्यले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नेतृत्वका लागि विभिन्न दलका गरि ४० जनाले उम्मेदवारी दर्ता गराएका छन । जसमा संंस्थाका तत्कालिन अध्यक्ष खेम वलिको एक टिम बनेको छ भने कांग्रेस,एमाले,माओवादी लगाएत अन्य दलहरुको आ–आफ्नो टिम बनेको छ । संस्थाको अध्यक्षमा विप्वल नेकपाकै खेमराज वलीले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । वलि अघि ४ कार्यकाल खानेपानीको अध्यक्ष भइसक्नुभएको हो । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी,दीपक कुमार धितालले उम्मेदवारी दिनुभएको छ । धिताल यस अघिको खानेपानीको निर्वाचनमा काँग्रेसले टिकेट नदिएपछि विद्रोह गरेर अध्यक्षमै बागी हाल्नुभएको थियो । तर दलीय सहमति अनुसार भने अध्यक्षमा एकमान्त भण्डारी उम्मेदवार बन्नुभएको थियो । कांग्रेसकै तर्फबाट युवा नेता तथा यातायात व्यबसायी पवनराज बुढाथोकीले पनि अध्यक्षमै उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा नेता निर्मल आचार्यले उम्मेदवारी दिनुभएको छ । हालका सचिब मनोज लामिछानेले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । उहाँ एमालेकै नेता हुनुहुन्छ ।

यसैबिच संस्थाको उपाध्यक्षमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा काग्रेसको तर्फबाट हालका उपाध्यक्ष गिरीधारी प्रसाद पौडेल र पू्र्णप्रसाद धिताल,माओवादीबाट हालका कोषाध्यक्ष सीताराम शर्मा,एमालेबाट नारायण प्रसाद भण्डारी, विप्वलबाट निर्मला डीसीले उम्मेदवारी दिनुभएको छ ।

संस्थाको सचिवमा ६ जनाको उम्मेदवारी परेको छ । जसमा काँग्रेसबाट गोपाल शर्मा, काँग्रेसबाटै रञ्जनकुमार गौतम, माओवादी केन्द्रबाट निर्मला भुषाल, विप्लवबाट मेघराज घिमिरे र एमालेबाट दामोदर लामिछाने,एमालबाटै सेवकराम भण्डारीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । जसमा काँग्रेसबाट मेघराज न्यौपाने र भोलाप्रसाद थापा, माओवादी केन्द्रबाट कर्णबहादुर वली र विप्लवबाट भद्रबहादुर वलीले उम्मेदवारी दिनुभएको छ । त्यस्तै सदस्यहरुमा १९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार पुस १४ गते ३ बजेसम्म अन्तिम नामावलि सार्वजनिक हुने छ ।