नेपालगञ्जमा कुटपिटबाट एकजनाको मृत्यु

 नेपालगञ्जमा कुटपिटबाट एकजनाको मृत्यु

दाङ, पुस १३ । नेपालगञ्जमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ का २२ वर्षीय राजु भनिने नन्कु पासीको मृत्यु भएको हो ।

राजुलाई पुष १० गते दिउँसो नेपालगञ्ज महेन्द्र बहुमुखि क्याम्पसका गार्ड राजकुमार श्रेष्ठले कुटपिट गरेका थिए । गार्डले मुक्का र बुटले जथाभावी हिर्काएको आफन्तहरुले प्रहरीलाई बताएका छन् ।

क्याम्पस कम्पाउण्डभित्र राजुले घासपात काटिरहेको देखेपछि क्याम्पसको सुरक्षार्थ खटिएका गार्डले कुटपिट गरेका थिए । त्यसपछि राजु घर गएका थिए । त्यसैरात उनको अत्यधिक पेट दुख्न थालेपछि उपचारका लागि भेरी अस्पतालमा पुर्याइएको थियो ।