हुम्लामा हिमपातसँगै चिसो अत्यधिक ,जनजीवन कष्टकर

हुम्लामा हिमपातसँगै चिसो अत्यधिक ,जनजीवन कष्टकर

जुम्ला, पुस १४। जुम्ला लगायत हिमाली जिल्लामा मंगलबार रातिबाट हिमपात भएको छ। हिमपातसँगै चिसो अत्यधिक बढेका कारण जनजीवन कष्टकर बनेको छ।

कार्तिक अन्तबाट माइनसमा गएको जुम्लाको तापक्रम माइनस सात पुगेको छ। चिसो बढेसँगै बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानो गरी बस्न र बाहिर ननिसक्कन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

चिसो बढेसँगै स्वास्थ्य समस्याहरु पनि आउने भएकाले अत्यावश्यक काममा बाहेक अरु अवस्थामा बाहिर ननिसक्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।

‘चिसोबाट बच्ने उपाय भनेको न्यानो गरि घरमै बस्ने र तातो र झोलीलो खाने कुरा खानु हो, ‘ चन्दननाथ नगरपालिका स्वस्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले भन्नुभयो, ‘जरुरी परेमात्रै घरबाट बाहिर निसक्ने हो।’

चिसोका कारण पशु चौपायालाई आहार पुर्‍याउनसमेत समस्या भएको स्थानीय बासिन्दाको भनाई छ।