नेपालमा आज थप २ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

 नेपालमा आज थप २ सय ४१ जनामा कोरोना  संक्रमण पुष्टि

दाङ, पुस १५। नेपालमा आज थप २ सय ४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ८ हजार ८ सय ९७ जनामा गरिएको परीक्षण मा २ सय ४१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप २ सय २८ जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

अब नेपालमा ४ हजार ८ सय ७१ जना संक्रिय संक्रमित रहेका छन् ।