दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

दाङ, पुस १६। दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर सुर्खेत सडकखण्ड अन्तरगत दंगीशरण गाउँपालिका ६ मा शुक्रबार विहान चारबजेति गाडीको ठक्करबाट सोही ठाउँका ३२ वर्षीय सुमन केसीको मृत्यु भएको हो ।

सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख (डिएसपी) श्यामु अर्यालले जानकारी दिनुभयो । ठक्कर दिने गाडी भने भेटिएको छैन ।

शबलाई राप्ती प्रादेशिक अस्पतालको शबगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजि भइरहेको डिएसपी अर्याालले बताउनभयो ।