मौसम सुधार भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु

मौसम सुधार भएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौं, पुस १६ गते । बाक्लो हुस्सु र कुहिरोका कारण रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल नागरिक उड्डन कार्यालयले विहान ११ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु भएको जानकारी गरायाे ।
शुक्रबार विहानैदेखि विमानस्थलको भिजिबिलिटी सय मिटरमा झरेपछि उडान रोकिएको थियो । अहिले विमानस्थलको भिजिबिलिटी एक हजार एक सय मिटर पुगेको छ ।
विहान घाम लागेसँगै ११ बजेदेशि पुनः उडान सुरु भएको नागरिक उड्डन कार्यालयले जनाएकाे छ।
अन्तर्राष्ट्रिय उडानका छ वटा विमान अवतरण भएका छन् भने आन्तरिकतर्फ पोखरा, विराटनगर र भद्रपुरको उडानका लागि बोर्डिङ पास भएका छन् ।