एमाले दाङको अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिदै

एमाले दाङको अधिवेशनका लागि आज प्रतिनिधि छनौट गरिदै

दाङ, पुस १७ । नेकपा एमाले दाङको पुस २३ को ‘नेतृत्व छान्ने’ जिल्ला अधिवेशनको लागि शनिवार आज प्रतिनिधि छनौटको काम हुदैछ । एमाले दाङका अनुसार जिल्लाका १ सय वडालाई ४६ मतदान केन्द्र निर्धारण गरेर प्रतिनिधि छनौटको काम हुने भएको छ ।

दुई उपमहानगरपालिकामा प्रत्येक वडामा मतदान केन्द्र र अन्य पालिकाका हकमा पालिका बराबर एक मतदान केन्द्रको व्यवस्था गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले बताउनुभयो । त्यसैगरेर दलित संगठित सदस्यका हकमा जिल्लामा छुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकामा छन् । एमालेले सवै वडाहरुमा अधिवेशन प्रतिनिधि छनौट गर्न सर्कुलर र सवै मतदान केन्द्रमा निर्वाचन अधिकृत समेत खटाएको छ । ‘प्रतिनिधी छनौट कार्य सम्पन्न गर्नको लागि सवै मतदान केन्द्रमा मतदान अधिकृतहरु पठाउने काम भएको छ’ एमाले दाङका सचिव बुढाथोकीले भन्नुभयो, ‘पार्टीको निर्देशन र मापदण्ड अनरुप प्रतिनिधि छनौटको काम हुनेछ ।’

एमाले दाङले व्यवस्था गरेको प्रतिनिधि छनौटको मापदण्डमा महिलाको हकमा १२ वरावर १ जना, दलितको हकमा १० वरावर १ को व्यवस्था गरेको छ । त्यसैगरेर अन्यको हकमा २० वरावर १ जना, पेशागत महासंघ नेपालबाट १० जना, नेपाल ट्रेड पूनियन महासंघबाट ३, अनेरास्ववियूबाट ३ जना राष्ट्रीय युवासंघबाट ३, अनेमसंघवाट ३ जना, अखिल नेपाल किसान महासंघबाट ३ आदिवासी जनजाती महसंघ नेपालबाट ३ , नेपाल भूमीहिन सुकुम्वासी संगठनवाट ३ जनाको व्यवस्था गरेको छ ।

त्यसैगरेर नेपाल उत्पीडित जातीय मुक्ति समाजवाट ३ जना, प्रेश चौतारी नेपालवाट ३, लोकतान्त्रिक थारु संघवाट ३ जना, नेपाल राष्ट्रीय उद्योग व्यवसाय महासंघवाट ३ जना, नेपाल राष्ट्रीय भुतपूर्व सैनिक तथा प्रहरी संगठनबाट ३ जना ।

राष्ट्रीय जनसाँस्कृतिक महासंघबाट ३ जना, नेपाल खेलकुद महासंघबाट ३ जना, नेपाल वुद्धिजिवी परिषद्बाट ३ जना, लोकतान्त्रिक अपाङ्घ संगठनबाट ३ जना, प्रगतिशिल पेशागत कानुन व्यवसायी संगठनबाट ३ जना, मानव अधिकार एलाईन्सबाट ३ जना, राष्ट्रीय स्वास्थ्यकर्मी संघबाट ३ जना र मधेसी, मुस्लिम संगठित सदस्यबाट सबै प्रतिनिधी रहने व्यवस्था छ ।

एमाले दाङको १३ औं अधिवेशन पुस २३ गते घोराहीमा तय भएको छ । अधिवेशनले जिल्लामा अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव २ र अन्य सदस्य निर्वाचित गर्ने छ । अधिवेशन सपन्न गर्न एमाले दाङले विभिन्न उपसमिति समेत गठन गरेर काम थालेको छ ।